धरान : जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा धरानमा नागरिक बचाउ समितिद्वारा आज बिहीबार सर्वदलीय श्रद्धाञ्जली सभा गरेका छन् ।
धरानमा सामाजिक सद्भाव कायम राख्दै सर्वदलीय टोली सहित युवाहरूले धरान-१८ बुद्ध चोकमा दीप प्रज्वलन गरेका हुन । सभामा उनीहरूले १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरे ।
धरानमा कुनै पनि निहुँमा सामाजिक सद्भाव, सहिष्णुता र शान्ति बिथोल्न नहुने भावना कायम गर्न ८ वटा सर्वदलीय सर्वपक्षीय नागरिक बचाउ अभियान समूह निर्माण गरिएको छ।
सोही समूहले सर्वदलीय श्रद्धाञ्जली सभा आयोजना गरेको हो । नागरिक बचाउ समितिले अबका दिनमा धरानमा सार्वजनिक र व्यक्ति विशेषको सम्पत्ति लुटपाट र आगजनी हुनबाट जोगाउन समूह निर्माण गरेको हो ।
समूहले अहिले सम्म ८ वटा समूह निर्माण गरेको छ। समितिले धरानका २० वटै वडाको सार्वजनिक र सार्वजनिक व्यक्तिहरूको सम्पत्ति लुटपाट र आगजनीबाट बचाउन समूह निर्माण गरिएको निवर्तमान मेयर तिलक राईले बताए ।
उनका अनुसार धरान-१७ का लागि मनोज भट्टराईको नेतृत्वमा सुरज कार्की र शिखर राई लगायत रहेका छन् । धरान-११ र १८ का लागि तिलक राईको नेतृत्वमा प्रवीण राई, दिवस राई, विक्रम तामाङ, विजय तामाङ, प्रकाश राई, खेम रणपहेली, नरध्वज घिसिङ, सन्तोष बिक, हरि थापा लगायत रहेका छन् ।
धरान १५, ४, ५, ६ वडाहरूका लागि उमेश थापाको नेतृत्वमा सुजेन्द्र तामाङ, आनन्द राई, देवेन्द्र लिम्बू, भूपाल राई, चोत्लुङ, श्री सुब्बा, ताजुब लिम्बू, राजेन्द्र राई, भवानी दाहाल, कुमार देवान, सन्तोष लिम्बू, जीवन लिम्बू, युवराज शङ्कर लगायत रहेका छन् ।
धरान-९ र १० देखि १९ वडाहरूका लागि विवेक राईको संयोजकत्वमा रतन लिम्बू, चित्र लिम्बू, बिरेन लिम्बू, टक बास्तोला, देउमान लिम्बू, रबी लिम्बू, गणेश लिम्बू, राज कुमार थोप्रा लगायत रहेका छन् ।
धरान-१३ देखि १६ वडाको संयोजकत्वमा मुरारी भट्टराई, माधव घिसिङ, सम्पूर्ण ताम्राकार, उमेश याक्खा, नेत्र काफ्ले, रबी राई, महेन्द्र प्रधान, भीम लिम्बू, मनोहर श्रेष्ठ, अमृत लिम्बू, विनोद तिम्सिना रहेका छन् ।
धरान-१, २ ३ र ७ देखि ८ वडाहरूका लागि पर्वत राई, रबिन पाख्रिन रमेश राई, जीवन सुबेदी, मिङ्मा भोटे शेर्पा, अनिल श्रेष्ठ, अजय राई, ज्वाला तुलाधर, सुमन श्रेष्ठ, विनायक ताम्राकार, रोशन अधिकारी, विनोद मगर, रण थेवे, युनेश राना मगर, कबिर प्रधानाङ्ग, अमृत आचार्य लगायत रहेका छन् ।
धरान-१२ वडाको लागि किशोर राईको संयोजकत्वमा श्याम पोखरेल, ब्रम्हज्ञ भट्टराई लगायत रहेका छन् । धरान–१४ वडाका लागि हर्कजङ्ग एभेङको संयोजकत्वमा अमिर, प्रभाव खतिवडा, विकास राई लगायत रहेका छन् ।
धरान-२० नम्बर वडाको लागि पदम लिम्बुको संयोजकत्वमा सम्फर तामाङ, ईन्द्र राई, सूर्य राई लगायत रहेका छन् ।