इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिले कार्यकर्तालाई विषम परिस्थितिमा संयमता नगुमाउन आग्रह गरेको छ । काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थालाई संयम भएर संविधानको रक्षाका लागि आफ्नो भूमिका देखाउनुपर्ने बताएको हो । 

कोशी प्रदेश सभापति उद्धव थापाले विज्ञप्ति जारिगर्दै भदौ २३ र २४ गते घटेको घटना पछि उत्पन्न परिस्थितिलाई सम्हाल्नुपर्ने बताए । सङ्कटको घडीमा संविधानको रक्षकको रूपमा उभिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रति सम्मान व्यक्त गरेका छन् । 

लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र मात्रै भएको र काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी र आक्रमणको निन्दा गरिएको छ । नेपालको सम्पूर्ण प्रणाली ध्वस्त पर्ने मनसायले आन्दोलनमा भएको घुसपैठको काँग्रेसले विरोध जनाएको छ ।

Nepali Congress koshi