धरान : जेनजी प्रदर्शनकारीहरूले आज मङ्गलवार दिउँसो धरान- १ स्थित नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् । 
कार्यालयको फर्निचर लगायतका सामान बाहिर निकालेर बाहिरै जलाएका हुन ।कार्यालय भवन भित्र पनि आउनीहरूले आगजनी गरेका छन् । कार्यालय भवनको दुवै तलाका शिशाका झ्यालहरू पनि सबै तोडफोड गरेका छन् ।
जेनजीको प्रदर्शकारीहरु एमाले पार्टी कार्यालय पुग्दा कार्यालय भवनमा कोही पनि थिएनन् । प्रदर्शनकारी मुलगेट तोडफोड गरी कार्यालयमा प्रवेश गरेका थिए । 
आगजनी गरेको प्रदर्शनकारीहरू हिँडे पनि धरान उपमहानगरपालिकाको २ वटा दमकल आएर आगो निभाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  
यसै गरी प्रदर्शनकारीले धरान-२ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय र धरान १४ नेकपा माओवादी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
उनीहरूले पार्टी कार्यालय तोडफोड गरी फर्निचरहरू बाहिर ल्याएर तोडफोड गरेका थिए । 
पार्टी कार्यालय छेउका घरहरू काठको भएकाले छिमेकीहरूले प्रदर्शनकारीहरूलाई आगजनी नगर्न आग्रह गरेपछि तोडफोड मात्र गरेका हुन ।
congresh-party-karyalay 1maobadi-party