धरान : विराटनगर महानगरपालिकाले समुदायमै कोरोना सङ्क्रमण फैलिएको भनिरहेको बेलामा आज विराटनगरको केही स्वास्थ्य संस्थामा काम गर्ने ४ जना नर्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

हिजो विराटनगरमा एकै दिन १९ जना प्रहरी सहित २२ जना कोरोना सङ्क्रमित पुष्टि भएको भोलिपल्ट आज विराट नर्सिङ होममा कार्यरत ४ जना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराट नर्सिङ होममा कार्यरत ४ जना नर्स मध्ये एक जना कोसी अस्पतालमा पनि कार्यरत रहेको बताइएको छ ।

विराट नर्सिङ होमका सञ्चालक तथा चिकित्सकमा कोरोना सङ्क्रमण भएको पाइए पछि गएको बिहीबार देखि विराट नर्सिङ होम सिल गरिएको थियो । विराटनगर महानगरपालिकाले कोरोना समुदाय स्तरमै सङ्क्रमण फैलिएको भन्दै अत्यावश्यक सेवा बाहेक बाहिर ननिस्कने निर्णय गरेको थियो ।

BRT-Nirnaya