धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार मोरङको धनपालथान ६ निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी पहिले देखिनै बिरामी रहेको र उनको भदौ २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना भई उपचारको क्रममा गए राति ८ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।