धरान : इटहरी-६ स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला सुनसरी देवानगंज गाउँपालिका  ३ का २१ वर्षीय मनोज मेहता  र २० वर्षीय  रमेश मेहतालाई रङ्गे हात पक्राउ गरेको हो ।

सुनसरीका इन्स्पेक्टर सरोज खनालका अनुसार इटहरी ५ बस्ने दयाराम  भट्टराईको नाममा दर्ता रहेको थियो । इटहरी प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरू पक्राउ गरेको हो ।

को.२४ प ७५९६ नं हिराे कम्पनीको सुपर स्पेलेन्डर मोटरसाइकल  साँचो मिलाई चोरी गर्दै गरेको अवस्थामा  पक्राउ परेकाहरूलाई थप आवश्यक अनुसन्धान सुरु गरिएको छ ।