धरान : भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह र चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबिचको झगडा मिलेको छ ।

इलाका प्रहरी कार्यालय धरानमा नायक पल शाह विरुद्ध ठाडो उजुरी बिहीबार परेको थियो । शुक्रवार बिहान पल शाहका सहयोगी कृष्णप्रसाद जोशीले पनि प्रधान विरुद्ध उजुरी दिएका थिए ।

शुक्रवार दिउँसो साढे ३ बजे प्रहरी कार्यालयमा आउने भनेका पल ६ बजेर ४० मिनेटमा मात्रै प्रहरी कार्यालयमा आएका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि झगडा मिलेको हो । दुई पक्षको छलफलमा प्रहरीले हात लगाउनेको गल्ती भएको बताएपछि पलले माफी मागेपछि झगडा मिलेको हो ।

प्रधानमाथि हातपात गर्ने पलका सहयोगी जोशीले पनि आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका थिए ।
त्यस्तै प्रधानले पनि प्रहरीले आफूले आवेगमा बोलेका कुरा प्रति माफी माफी मागेका थिए ।

म्युजिक भिडियो सुटिङमा धरान आएका शाह खाना खान धरान १० को ज्वाँई खाना घरमा पुगेका थिए । शाहलाई खँदा लगाएर सम्मान गर्ने क्रममा पनि पल फोटो खिच्न मानेका थिएनन् ।

फागुन १५ गते होटल रत्न इनाम नेपाली चलचित्रको प्रभाव सम्बन्धी कार्यक्रममा निमन्त्रणा गर्न आउन नमाने पछि प्रधानले अतिथिको नाम फेसबुकमा राखेकाले हटाउने बताएका थिए । प्रधानले नाम हटाउने बताए पछि झगडा भएको थियो । सो क्रममा झगडा भएको थियो ।