धरान : धरानको बरगाछीमा रहेको देव मोटर्स 'होण्डा शोरुम'ले यही असोज १५ गते शुक्रवारदेखि २१ गते सम्म एक्सचेन्ज महोत्सव आयोजना गरेको छ।

एक्सचेन्ज महोत्सव घटस्थापनाको दिनसम्म गरिने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए । एक्सचेन्ज महोत्सवमा ग्राहकहरूले लक्की ड्र मार्फत १५ लाख समेत पनि जित्न सकिने उनले बताए ।

यस एक्सचेन्ज महोत्सवमा अन्य कम्पनीको मोटरसाइकल तथा स्कुटर साट्दा ७० हजार सम्म थप मूल्याङ्कन पाउने तथा होण्डाकै मोटरसाइकल वा स्कुटर भएमा त्यो भन्दा बढी थप भ्यालु पाउने उनले जनाए ।

“एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्याङ्कन भन्दा ७ हजार देखि ७० हजार सम्म बोनस बापत थप मूल्याङ्कन पाउनेछ” कुँवरले बताए,

“थप मूल्याङ्कन अहिलेसम्मको नेपालको दुई पाङ्ग्रे सवारीसाधनको एक्सचेन्ज कार्यक्रमहरूको इतिहास मध्येमा सबैभन्दा उच्च हो ।” ग्राहकहरूले एक्सचेन्जमा ल्याउने मोटरसाइकल वा स्कुटर पूर्णरुपमा नेपाल सरकारको नियमानुसार कर चुक्ता भएको र चालु अवस्थाको हुनुपर्ने सर्त रहेको उनले बताए ।