धरान : सुनसरीको धरानमा केन्द्रिय कार्यलय रहेको मितेरी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ ।

मंसिर २२ गते बुधबार बैकको संञ्चालक समितको बैठकले उक्त बोनस सेयर लाभांशसहित कर तिर्न शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकको चुक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७ रुपैयाँ ५० पैसा रहेको छ। १३ दशमलव ३० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ १९ पैसा कायम हुनेछ।