धरान: भारतको दिल्लीमा जटिल क्यान्सरको उपचार गराइरहेका धरानका पुर्वमेयर ध्यानबहादुर राईलाई १ नं प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मन्त्री कार्कीका अनुसार इमान्दार राजनीतिक नेता तथा लामो समय जनप्रतिनिधिकोरुपमा इमान्दारीपुर्वक काम गरेको पुर्वमेयर राईलाई उपचारमा सहयोग गर्न आवश्यक ठानेर सरकारले निर्णय गरेको हो । ‘धरानको पुर्वमेयर ध्यानबहादुर राई क्यान्सरबाट पीडित हुनुहुन्छ, र दिल्लीमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ,’मन्त्री कार्कीले भने,‘यस प्रदेशकै इमान्दार राजनीतिक नेता, लामो समय जनप्रतिनिधिकोरुपमा इमान्दार भएर काम गर्नुभएकोले सहयोग गर्नुपर्छ भनेर नीतिगत निर्णय गरिएको छ । रकम अहिल्यै तोकिएको छैन ।’ मन्त्री कार्कीले पुर्वमेयर राईको उपचारमा के कति खर्च लाग्छ, त्यो बुझेर यथासक्य आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

लोकसेवा विराटनगरमा, सहकारी रजिष्ट्रार र यातायात निर्देशनालय इटहरीमा

सोही मन्त्रीपरिषद बैठकले प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने पनि निर्णय गरेको छ भने प्रदेश सहकारी रजिष्ट्रार कार्यालय र यातायात निर्देशनालय इटहरीमा स्थापना गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

यस्तै, प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समितिको सञ्चालक तथा व्यवस्थान समिति कार्यविधि पारित गरेको छ भने पर्यटन मन्त्रालयले यो आर्थिक बर्ष विभिन्न अनुदान र सहयोग सम्बन्धी बजेट व्यवस्थापन गर्ने कार्यविधि २०७६ लाई स्वीकृत गरिएको जानकारी दिए । यसैगरि, सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकारणको प्रमुख कार्यकारी निर्देशकको छनौटको लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा प्रदेश सरकारकये प्रमुख सचिव, प्रदेश सरकारले तोकेको एक सचिव रहने गरी ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

खोटाङ नगरपालिकाको लागि भवन नबनेसम्म भुमी व्यवस्थाको निर्माणाधिन भवन मर्मतसम्भार गरी आवश्यक प्रक्रिया पुरा गरी खोटाङ नगरपालिका बस्न बैठकले अनुमति दिएको छ । यस्तै, उद्योग वन पर्यटन मन्त्रालयकै योजना सञ्चानल गर्ने कार्यविधि पनि पारित गरेको छ भने भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकोतर्फबाट आएको प्रस्ताव कृषि व्यवसाय प्रवद्र्धन अनुदायो ।