धरान: धरानको चर्चित फुटबल प्रतियोगिता अन्तरवडास्तरीय गोधुली रनिङ कपको २० औं सँस्करणमा वडा नं १७ च्याम्पियन भएको छ ।

आज शनिबार वडा नं १६ लाई उसकै घरेलु मैदानमा टाइब्रेकरमा ५–४ ले पराजित गर्दै वडा नं १७ लगातार तेस्रो पटक गोधुलीमा च्याम्पियन भएको हो । यो जितसँगै वडा नं १७ ले गोधुलीको रनिङ ट्रफी सधैको लागि कब्जा जमाएको छ । गोधुलीको २० औं सँस्करणसम्म आइपुग्दा कुनै पनि वडाले अहिलेसम्म लगातार ३ सँस्करण जितेको थिएन । यो इतिहास वडा नं १७ ले मात्र बनाएको छ ।

निर्धारित समयको खेल १–१ गोलको बराबारीमा टुंगिएको थियो । वडा नं १७ का सौजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि वडा नं १६ मनिष बस्नेतले फ्रिकिकमा गोल गर्दै खेल बराबरी बनाएका थिए । समय अभावको कारण अतिरिक्त समयको खेल नभै सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा वडा नं १७ का कृष्ण राई, अमित राई, सौजन राई, मिलन राई र दिवस राईको प्रहार गोलमा परिणत भएको थियो भनेवडा नं १६ का लाकेन लिम्बु, सविन राई, सुदिप राई र मनिष बस्नेतले मात्र गोल गर्न सके । मन्दिप बुढाथोकीको प्रहार वडा नं १७ का गोलकिपरले रोकेका थिए ।

IMG_20200118_175504

च्याम्पियन वडा नं १७ ले ट्रफीसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैया हात पार्यो भने उपविजेता वडा नं १६ ले ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै वडा नं १७ का मिलन राईले ११ हजार थापे भने उनले प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल गर्दै हाइस्कोररको पुरस्कार नगद ७ हजार ५ सय पनि हात पारे । यसैगरि, फाइनलको म्यान अफ दि म्याच वडा नं १६ का मनिष बस्नेत, वेष्ट गोलकिपर वडा नं १७ का सुजन राई, वेष्ट डिफेन्स वडा नं १६ का जलन सुब्बा, वेष्ट मिडफिल्डर वडा नं १७ का सुविन्द्र राई, वेष्ट कोच वडा नं १७ का योगेन राई घोषित भए । उदयीमान खेलाडीको पुरस्कार वडा नं १७ का कृष्ण राई भए । सबैले ट्रफीसँगै जनही नगद ५ हजार ५ सय पाए ।

IMG_20200118_174049

प्रतियोगिताको फेयर प्ले टिमको पुरस्कार वडा नं १५ ले हात पार्यो । विजेता, उपविजेता टोलीका खेलाडी तथा व्यक्तिगत पुरस्कार पाएका खेलाडीहरुलाई आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राई, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, विशिष्ट अतिथि एवं एन्फा प्रदेश १ का अध्यक्ष किसोर राई, एन्फा जिल्ला अध्यक्ष केशव कार्की, वडाअध्यक्षहरु मनोज भटराई, दिलकुमार गिरी, बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा धरान १७ समाज हङकङले १३ औं सागमा नेपाललाई फुटबलमा स्वर्ण पदक दिलाउने टिमका सदस्य तथा वडा १७ निवासी खेलाडी हेमन्त थापा मगर र बास्केटवलमा काँस्य पदक जिताउने नेपाली टिमका कोच विकास चाम्लिङ राईलाई सम्मान गरेको थियो । दुवैलाई जनही नगद १० हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।

godhuli-cup 3 IMG_20200118_151831 IMG_20200118_152553 IMG_20200118_152822 IMG_20200118_161929