औजार : आजको औजार दैनिकमा “किशोरी आमाको बिचल्ली” शीर्षकको समाचार छापिएको छ । मोरङको उर्लाबारीमा गर्भवती बनाएर नाबालक बच्चा जिम्मा लिन नमानेपछि आमा बनेको एक किशोरी बिचल्ली भएको छ । बच्चा उर्लाबारी नगरपालिका ९ की १६ वर्षीया धिमाल थरकी किशोरीलाई सोही मोरङ बेलबारी ३ का १९ वर्षीय निशान धिमालले २०७५ साल चैत्रमा सामाजिक सञ्जाल मार्फत सम्पर्क बनाएर प्रेमिका बनाएका थिए । सामाजिक सञ्जालबाट प्रेमजालमा पारेर गर्भवती बनाएका एक युवाले बच्चा जिम्मा लिन अस्विकार गरेपछि मोरङ उर्लाबारीकी १६ वर्षाीया किशोरी आमा बिचल्लीमा परेकी थिइन् । प्रेमजालमा पार्न सफल भएपछि निशानले भर्खर १६ वर्ष पुगेकी निशालाई ललाईफकाई श्रीमती बनाउने भन्दै पटकपटक यौन सम्पर्क गरे । यौन सम्बन्धले गर्भवती भएकी किशोरीले १ माघ ०७६ निशाले बच्चा जन्माईन् । अचानक बच्चा जन्माएपछि अभिभावक र गाउँलेहरु छक्क परे । किशोरी आमाले जन्माएको बच्चाको बाबु को हो भनेर सोधी गर्दा बेलबारी ३ का १९ वर्षीय निशान धिमाल भएको खुल्यो । आफन्त तथा स्थानीयबासीहरु निशानकै घर पुगेर निशालाई जिम्मा लिन अनुरोध गरे ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “इन्धन कालोबजारीको संरक्षणमा एशोसिएसन” शीर्षकको समाचार छापिएको छ । संखुवासभाको खाँदबारी ९ को यसोधा आयलका सञ्चालक उत्तम कटुवाललाई इन्धन कालोबजारी गरेको भन्दै मुद्दा चलाएपछि पेट्रोलियम डिलर्स एसोसिएसन संरक्षणमा लागेको छ । एसोसिएसनले आइतबार नयाँ मूल्य निर्धारण गरेर गत साउनदेखि पटकपटक तोकेको मूल्यमा प्रिण्ट मिटेक भएको भन्दै कालोबजारीको संरक्षण गर्न खोजेको हो । एशोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा पुस ५ गते जारी भएको पत्रमा साउन २२, भदौ २४, मंसिर १७, पुस २, पुस १७ मा जारी गरिएको मूल्य सुचीमा भुलवश गल्ती प्रिण्ट भएकाले सूचीबाट हटाइएको भन्ने उल्लेख गरेको छ । उपभोक्ताले भने पेट्रोलियम डिलर्स एसोसिएसन कालोबजारीको संरक्षणमा लागेको आरोप लगाएका छन्

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “इलामका सुन्तला किसान वैकल्पिक खेती रोज्दै” शीर्षकको समाचार छापिएको छ । २० रोपनीबाट व्यवसायिक सुन्तला खेती शुरु गरेका रोङ्ग गाउँपालिकाका व्यवसायिक किसान टंक थापा अहिले एभोकाडोको स्याहारमा व्यस्त छन् । रोगले सुन्तला बगान नै सखाप बनाउन थालेपछि वैकल्पिक खेतीको रुपमा एभाकाडो शुरु गर्न थालेका हुन् । सुन्तला बगानलाई यथावत बनाई राख्नसक्छ कि भनेर सुन्तला मरेका ठाउँमा नयाँ विरुवा पछि रोप्दैछन् । सुन्तला मर्ने क्रम बढेपछि अहिले एभोकाडो रोप्न शुरु गरेका हुन् । थापाले सुन्तलाबाट मात्रै वार्षिक पाँचदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका उनले अबका दिनमा त्यो आम्दानी सम्झन बाहेकको विकल्प छैन । थापाको पूरै बगान मर्न थालेपछि उत्पादन घट्न थालेको छ । सुन्तला मर्न थालेपछि उनले अर्को विकल्पमा एभोकाडो लगाउन थालेका हुन् । इलाम नगरपालिका ५ बरबोटेका किसान अभिनारायण पौडेल पनि २ लाख सम्मको सुन्तला बेचेका थिए । तर यसवर्ष उनले दश हजारको मात्र सुन्तला फलाउन सके ।