पथरी : नेपालमा एक पछि अर्को भाईरल हुनेको संख्या वृद्धि भईरहेको छ । कोही राम्रो काम गरेर, कोही नराम्रो काम गरेर भाइरल हुन्छन् त कोही अचम्मको जीवनशैलीको कारण भाइरल हुन्छन् । भाईरल भन्ने शब्दले नेपालमा जरो गाडेको बेला लेटाङ नगरपलिकामा अर्का एक जोडी फेला परेका छन । 

केही समय अघि अशोक दर्जी, त्यस पछि भुईकटर, बाल गायक मनिष र माङगेना हुर्दै आजभोली एउटा अनौठो जोडीले त्यो ट्याग पाएको छ । ति जोडी हुन्, बखत बिष्ट र प्रतिभा चौधरी । आफ्नो उचाई, तौल र जातले फरक यी जोडी नेपाल लगायत विश्वको मन तान्न सफल भए । आजभोली उनीहरु मनोरन्जनको पात्र बनेका छन् । यी जोडीले माया र साथ पाउन सफल भए । त्यो जोडीको चर्चा सेलाउन नपाउर्दै त्यस्तै अर्को जोडी पूर्वी जिल्ला मोरङ्गको लेटाङ्ग नगरपालिकामा फेला परेको छ ।

लेटाङ नगरपालिका बरगाछीमा बस्ने विष्णु मगर, श्रीमति सपना लिम्बु मगर भन्दा २ बर्ष कान्छा छन भने ३ फिट ४ ईन्च होचा छन् । तीन बर्ष अघिदेखि मिगमा लभ परेपछि विवाह गरेको यो जोडीको अहिले १ बर्षकी छोरी छन । आथिक अभावका कारण झुप्रोमा जीवन गुजारीरहेका यी जोडीले सबैसँग अवसर खोजिरहेका छन् । मुना मदन, लैला मजबु र रोमियो जुलियोको जस्तै माया र प्रेम साँच्चिकै उदाहरणीय छ भन्ने प्रमाण यी जोडीले यसरी प्रस्तुत गरेका छन ।