धरान : धरान बगरकोट लोकदोहोरी साँझको आयोजनामा भएको एम एण्ड एस फेसन सोको फाइनल बिहिबार सम्पन्न भएको छ । सोको एक मात्र टाईटल बेस्ट क्याटवक भने मोडल क्युसा राईले जित्दै मायाको चिनो र बुके हात पारेकी छन ।bagarkot-fashon-show

बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बारमा  फाइनलमा १४ जना मोडलहरूले वक गरेका थिए । उनिहरूले क्याजुअल, वनपिस, लेहेङ्गा र ढाकाको साडी गरी चार वटा सिक्वेन्समा वक गरेका थिए । सोको कोरीयोग्राफर मिस लुमियर इन्टरन्यासनल २०१९ मा मिस ग्लायमर उपाधि विजेता सिमरन श्रेष्ठ रहेका थिएन ।

लेहेङ्गा सिक्वेन्समा डिजाइनर सिसा बुटिकका संचालक सरला श्रेष्ठ र मेकअप आर्टिस्ट सुजता गुरूङले समेत वक गरेका थिए । यस्तै ढाकाको साडी सिक्वेन्समा डिजाइनर छथरे ढाका उधोग धरानका संचालक बन्दना साँवा र कोरीयोग्राफर श्रेष्ठले समेत वक गरेका थिए । कोरीयोग्राफर सहित आयोजकले छनोट गरेको बेस्ट वकको विजेतालाई कार्यक्रमको संयोजक मासम गुरूङ, सल्लाहकार कल्पना सुब्बा र नरेन्द्र इवारम लगायतले पुरस्कार वितरण गरेका थिए ।