झापा : जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा देउमाई –१० का १९ वर्षीय विजय भन्ने कृतिमान खाती र अर्जुनधारा–१ सिस्नेका १९ वर्षीय मिलन कार्कीढोली रहेका छन् । उनीहरू दुवै जना ट्याक्टर मजदुर हुन् ।

आज बिहान ७ बजे बुद्धशान्ति गाउँपालिका –२ बिन्धुली बाँध क्षेत्रमा जङ्गली हात्ती आएको भन्ने थाहा पाएपछि स्थानीयवासी लखेट्न पुगेका थिए । प्रहरीका अनुसार सो क्षेत्रमा एउटा हात्ती आएको थियो ।

लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते खातीको अवस्था गम्भीर छ । उनको उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने कार्कीढोलीको बुधबारेमा उपचार भइरहेको छ ।