हाम्रो कमाई किन ज्यादा हुन सकिरहेको छैन । हामी किन हाम्रा सामान्य भन्दा सामान्य आवश्यकताहरू पुरा गर्न सकिरहेको अवस्थामा छैनौ । गाउँमा पढाउने स्नातकोत्तर उत्तीर्ण गरेको मानिस सहर जाने सोच राखिरहेको हुन्छ । उसलाई त्यो गाउँमा विद्यार्थी पढाउँदा सन्तुष्ट भइराखेको हुँदैन, किन यस्तो भएको होला अचम्म लाग्दछ ।
सहरका व्यापारीहरूलाई समेत अध्ययन गर्दा उनीहरू भन्ने गर्दछन् हामीलाई ज्यादा अभाव छ । हामी छोरा छोरीको माग पुरा गर्न सकिरहेका छैनौँ । अन्य आफ्ना मनका कुराहरू पुरा गर्ने धोको सबै अधुरा छन् व्यापारबाट आएको कमाई पर्याप्त भइरहेको छैन । हामी किन यस्तो अभावले घेरिएका छौँ त?
आखिर मानिसमा किन यस्तो मृगतृष्णाको छटपटाहट हुने गर्दछ। सबै किन अभावको भुमरीमा रुमल्लिने अवस्था कायम भइरहेको छ । रोजगारी सबैलाई किन त्यति भरपर्दो भइरहेको छैन । सधैँ सबै कामको खोजीमा मात्र किन ? पाइरहेको कामको भरोसा नभइरहेको अनुभूति कहिले सम्म हो ?
भ्रष्टाचार मौलाउदैछ भन्छन् आफूलाई जहिल्यै अभाव र असहयोगले सताएको छ । आखिर हामीले श्रोत किन प्राप्त गर्न सकिरहेका छैनौँ । कतै मेहनत नगरेर त होइन । पारा मिलेन भनेर त नभनौँ गरिरहेको क्षेत्रहरू पनि कहीँ कतै कमी भए जस्तो अनुभूति लाग्दछ ।
हाम्रो मातृभूमि नेपालमा किन हामी दिनप्रतिदिने जीवन बाँची रहन विवश भएका छौँ । हाम्रो अर्थतन्त्रमा आयातको मात्रा ज्यादा छ त्यो रोक्न सकिरहेको अवस्था छैन । उत्पादन हुने उद्योगहरू पर्याप्त छैनन् । उद्योगहरूमा कार्यरत कर्मचारीहरूले पर्याप्त पारिश्रमिक पाइरहेका छैनन् । उद्यमीहरूले पनि कर्मचारीहरूलाई कमी पारिश्रमिक दिने वातावरण नै छ । काम नै भएन स्वीकार्यता हुन सक्तैन ।
हुन पनि हो उद्यमीहरूलाई पनि बचत हुन सकिरहेको अवस्था छैन । त्यो कामदारलाई के थाहा हाम्रो कर्जाको साँवा तथा व्याजको व्यथा भनेर आफ्नै समस्यामा उद्योग सँग सम्बन्धित व्यक्तिहरू रुमल्लिइरहेका हुन्छन् । त्यस किसिमको वातावरण किन विद्यमान छ ।
गाउँको मान्छे सहर पस्न चाहने इच्छा आखिर किन गरिरहेको हुन्छ ? सहरको व्यापारी किन अभाव र नाफा कम भइरहेको अवस्थामा रहेको हुन्छ ? उद्योगीहरूले उत्पादन गरेर गरिरहेको क्रियाकलापहरूबाट कर्जा तथा व्याजको मारबाट किन मुक्त भइरहेका छैनन् ?
कुरा सोचनीय छ । हामी मृगतृष्णामा रुमलिरहेका छौँ । यसबाट छुटकारा कसरी पाउने ? सक्षम व्यक्तिहरू त समस्यामा परी रहेका छन् भने असक्षम व्यक्तिहरू कसरी यस संसारका दुखहरू पार लगाउँदछन् । प्रति व्यक्ति आय नेपालमा कमी भएकोमा त्यसलाई कसरी बढाउने होला ? हामी ज्यादै नै आशावादी बन्न जरुरी छ । उद्योग धन्दाहरू ज्यादा भन्दा ज्यादा हामीहरूले खोल्न जरुरी छ । हामी मूकदर्शक नबनौँ ।
खजाना सृष्टि गर्न सकेमा सबै क्षेत्रमा मिल्दछ । तर चेतनशील भएको हुनु पर्दछ मानिसले । प्रकृतिले ज्यादा भन्दा ज्यादा दिइरहेको हुन्छ त्यो लिन जानेको हुनु पर्दछ मानिसले ।
हामी नेपालीमा सबैले सुन्दै आएको कुरा हो हाम्रो देशमा सियो त उत्पादन हुँदैन ? त्यो किन सुनिँदै आएको हो भने फ्याक्ट्रीहरूको स्थापना र उत्पादनहरूका कार्यहरू व्यापक रूपमा सुरु गर्न जरुरी छ ।
म कक्षा आठ तिर पढ्दा एउटा कहानी सम्झनामा आएको उल्लेख गर्न मन लागि रहेको छ । सर्वप्रथम स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह प्रति हार्दिक श्रद्धाञ्जली समर्पण गर्दछु । हामीले एउटा राजाको र उसको पुरै वंशनासको विनाशको कहानी भोगेका छौ । कस्तो तितो यथार्थता । राजालाई समेत न्याय मिलेन । त्यो वेलामा राजा वीरेन्द्रले के हटाउन प्रयत्न गरी रहेको हुनु पर्दथ्यो भने उनी विदेशमा जाँदा विदेशी पत्रपत्रिकामा विपन्न नेपालीको तस्बिर छापिएका न्युज हुन्थे र त्यो न्युजमा देखिएका अति विपन्न नेपालीका तस्बिर प्रति राजा जबाफदेहीमा शिर निहुरनुपर्ने अवस्थालाई सारा नेपालीले महसुस गरिएको हुन्थ्यो ।
त्यही भएर राष्ट्रिय गानामा नेपालीको शिर निहुरनु हुन्न भन्ने भावनाका गानाहरू हामी नेपालीहरूलाई राम्रो उद्देश्य लिएर अघि बढ भन्ने सन्देश दिइरहेका हुन्छन् । अव हामी मूकदर्शक नबनौँ ।
विशेष गरेर महत्त्वपूर्ण पदमा आसीन व्यक्तिहरू सदैव चनाखो हुनु जरुरी हुन्छ । हामी मूकदर्शक नबनौँ ।
लागुऔषधीका कारोबारीहरू प्रति कडा कानुन हुँदा पनि प्रयोगकर्ताहरूको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको अवस्था छ । त्यस क्षेत्रमा हामी मूकदर्शक नबनौँ । अमूल्य जीवन र समय दुर्वयरसनमा लागेर खेर नफालौँ । हामी मूकदर्शक नबनौँ ।
हामी नेपालीले उत्पादनमूलक उद्योगहरू, कलकारखानाहरू खोल्न जरुरी छ । १००० जना भन्दा बढी व्यक्तिहरूलाई रोजगारी दिएर गरिएका क्रियाकलापहरू असफल हुँदैनन् । आफ्ना शिक्षाको सदुपयोग गर्दै उद्योगधन्दा खोल्न अहिल्यै हामी नेपालीले सुरु गर्न जरुरी छ ।
हामी नेपाली प्रति हार्दिक उच्च सम्मानको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।