धरान : याक्थुङ/लिम्बु भाषा, लिपिको इतिहास बारे खोजपूर्ण पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङको लेखोट’ का लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ भारतको सिक्किममा सम्मानितमा सम्मानित भएका छन् ।

सिक्किमको राजधानी गान्तोकमा मंगलावार जेठ २३ गते आयोजित एक समारोहमा लखकव्दय सम्मानित भएका हुन् । सुक्खिम पुङ्वा युमा साम्यो सोसाइटीद्वारा उनीहरूलाई दोशल्ला ओढाएर सम्मापत्र प्रदान गरिएको हो ।

अखिल भारतीय लिम्बु महासभाका अध्यक्ष एसआर खजुम, बीआर मुरिङ्ला, बल मुरिङ्ला लगायत याक्थुङ/लिम्बु भाषा, साहित्य र इतिहासका विद्वान लेखकहरूको समारोह उपस्थिति थियो । सभापतित्वमा सोसाइटीका अध्यक्ष विजय प्रतापहाङ सुब्बा (थेगिम)ले गरेका थिए ।

थगिमले लेखकव्दयले याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा गरिरहेको कार्यको उच्च मुल्यांकन गर्दै सोसाइटीले सम्मान प्रदान गरिएको बताए । पोहोर प्रकाशित उक्त पुस्तकले पहिचान पुरस्कार प्राप्त गरेको थियो ।

उक्त पुस्तकलाई सिक्किम अल्पाइन विश्वविद्यालयले लिम्बु विभागमा पठन पाठनका लागि स्नातक तहको पाठ्यक्रममा समावेश गरेको छ ।

yakhthung

यसैबिच सोसाइटीको याक्थुङ मुन्धुम गोष्ठीमा पुस्तकका सहलेखक अर्जुनबाबु माबुहाङले ‘सि तङ्सिङ् मुन्धुम र तेन्धाम् मुन्धुमको विशेषता’ को चर्चा गर्दै याक्थुङ मुन्धुम जीवन सञ्चालनको स्रोत र मूल जीवन दर्शन रहेको बताए ।

सहलेखक अमित थेबेले सिरिजङ्गा लिपिका निर्माणकर्ता र प्रचारक थेबेलाई राष्ट्रिय विभूति र आदिम सहिद घोषणा गरिनुपर्ने बताए । अर्का लेखक हितराम तिल्लिङले याक्थुङ वंशावली लेखनको प्रवृत्तिका बारेमा चर्चा गर्दै प्राज्ञिक विधिबाट वंशावली निर्माण गर्नुपर्ने बताए ।

सोसाइटीका महासचिव गुमानसिं नेम्वाङले सञ्चालन गरेको गोष्ठिमा लेखक बल मुरिङ्लाले मुख्य बक्ताका रूपमा सम्बोधन गरे । बी आर मुरिङ्लाको सभापतित्वमा भएको गोष्ठी युवा र विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको महासचिव सन्ध्या सिङजाङगाले बताइन् ।

सोसाइटीको स्थपाना सन् २०२२ मे १० मा भएको थियो । संस्थाले युमा साम्योलाई आदिम धर्मको रूपमा स्थापना गर्दै याक्थुङ लिम्बुको पहिचानका लागि समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।

yakhthung1