प्रकाशपुर : बराहक्षेत्र नगरपालिका १० र ११ नम्बर वडा सिल गरेको छ । नगरपालिकाको मधुवन पूर्ण रूपमा र प्रकाशपुरको आधि भाग सिल गरिएको छ ।

नगरपालिकाले बुधवार एक विज्ञप्ति निकाल्दै दुवै वडालाई सिल गरिएको जनाएको छ । मङ्गलवार मधुवन छेउमा रहेको कोसी प्रोजेक्टमा अन्तर्गतको भारतीय कार्यालयमा सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित सुरक्षाकर्मी गस्तीको क्रममा कोशीटप्पु अर्थात् बराहक्षेत्र ९ र १० तिर आउने गर्दथे । प्रकाशपुरमा समेत आफन्त रहेकोले प्रकाशपुरपनि आउने खुलेको छ ।

नगरपालिकाको विज्ञप्तिका अनुसार अर्को आदेश जारी नगरुन्जेल सम्मको लागि सिल गरिएको हो । यो अवधिमा अत्यावश्यक सेवा सुविधाका साधन तथा पसल मात्र खुल्ने नगरपालिकाले जनाएको छ ।