धरान : यसपालि एसइई दिएका विद्यार्थीलाई साइन्स, नर्सिङ, सिटीइभिटीमा अघिल्लो पढाइका लागि प्रवेश परीक्षा तयारी गर्न धरान स्थित क्याम्व्रीज इन्स्टिच्युट अफ टेक्नोलोजीले वृजकोर्ष सम्बन्धी अनुशिक्षण दिएको छ ।
एसइईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई आगामी पढाइका लागि दिइने प्रवेश परीक्षाका लागि अभिमुखीकरण गराइएको इन्स्टिच्युटले जनाएको छ ।
छाता चोक स्थित ईन्ष्टीच्युटको सभा हलमा विद्यार्थीलाई वृजकोर्स सम्बन्धी एक दिने अनुशिक्षण दिइएको हो ।
प्रमुख अतिथि कान्तिपुर हस्पिटल काठमाडौँका डा. आशिष् ढुङ्गानाले विद्यार्थीहरूलाई भविष्यमा नर्सिङ पेसाको महत्त्व र सम्भावनाका विषयमा जानकारी दिए । कार्यक्रममा ५० जना विद्यार्थी सहभागी थिए ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका महेश शाह  र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रभाव भट्टराई लगायत प्रशिक्षक उपस्थित थिए । 
क्याम्व्रीजको धरान शाखा प्रमुख लक्ष्मण दाहालले वैशाख ९ गते देखि इन्स्टिच्युटमा साइन्स, पिसिएल नर्सिङ र सिटीइभिटीका लागि वृजकोर्ष, प्रवेश परीक्षा तयारीका कक्षाहरू सञ्चालन हुने जानकारी दिए ।