इटहरी : इटहरीको नर्थ प्वाइन्ट सेकेण्डरी स्कुलको भौतिक पूर्वाधार मात्र नभएर शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप पनि अब्बल रहेको छ । प्रिन्सिपल राजन दाहालका अनुसार नर्थ प्वाइन्टमा विद्यार्थीलाई कोर्ष बाहेकका संस्कार संस्कृति देखी कला साहित्यको विषय समेत अध्ययन गराइन्छ ।

अघिल्लो शैक्षिक सत्रमा फुट फेस्टिभल गराएको नर्थ प्वाइन्टले उद्यमशीलता अभिमुखीकरणका कार्यक्रम ल्याएको उनको भनाइ छ । विद्यार्थीले आफ्नो रुचि अनुसारको उद्यमशीलता सम्बन्धी रिपोर्ट बनाउने बताउँदै उनले विद्यालय शिक्षा पछि विद्यार्थीलाई उद्यमी बन्न सहज हुने अवस्था सृजना गराउने प्रयास थालेको बताए ।

स्पोर्टस विक सञ्चालन गर्ने गरेको नर्थ प्वाइन्टले एथलेटिक्स र ननएथलेटीक्सका खेलहरूमा दक्ष बनाउँदै आएको छ । यसअघि ७ वटा विधामा मेडल जितेको नर्थ प्वाइन्टले हरेक शुक्रवार अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने व्यवस्था मिलाएको छ ।

१३ कट्ठा जग्गा भाडामा लिएर बालबालिकालाई खेल मैदानका तयार पारिएको हो । ४ देखि १० कक्षा सम्मका छात्र विद्यार्थीको लागि सफा र सुरक्षित होस्टेलको समेत व्यवस्थापन गरिएको छ ।

सीपसँगै बालबालिकालाई विभिन्न कला, साहित्य तथा संस्कार सिकाउने उद्देश्य नर्थ प्वाइन्टले राखेको छ । बजारमा आफ्नो क्षमता देखाएर उत्कृष्ट हुन सकोस् भन्ने नर्थ प्वाइन्टको जोड छ । मुख्यतः लिडरसिप स्किल, पर्सनालीटी डेभलपमेन्ट, पब्लिक रिलेसन स्किल र डाटा बेस प्रोग्राममा हामीले फोकस गरिएको छ ।

northpoint-sports-5northpoint-sports-4northpoint-sports-5northpoint-sports-6northpoint-sports-7northpoint-sports-8northpoint-sports-2