विराटनगर : विराटनगरमा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि युवाहरूमा सचेतना बढाउन महानगरपालिकाले २५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

महानगरपालिकाको न्यायिक समितिसँग रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी सहितको छलफलमा उपमेयर शिल्पा निराला कार्कीले शुक्रवार उक्त जानकारी दिएकी हुन ।

विराटनगरका युवाहरूलाई रोजगारीसँग जोड्दै लागूऔषध प्रयोग विरुद्ध युवाहरूमा सचेतनामूलक कार्यक्रमका लागि उक्त बजेट व्यवस्था गरिएको उनले बताइन् । उनले भनिन् ‘युवाहरूलाई सीपमूलक तालिम, प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।’

छलफलमा रिकभरिङका प्रदेश अध्यक्ष चन्द्र बराल, उपाध्यक्ष सञ्जीव चापागाईँ, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया, फोकल पर्सन निष्मा नेपाल लगायत सहभागी थिए ।