धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना उपचारका लागि आएका १२ जना शनिवार डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार १८ वर्ष देखि ५८ वर्षका पुरुषहरू १२ जनाको पछिल्लो पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । उनीहरू सबै जना झापा जिल्लाका हुन् । अव प्रतिष्ठानमा कोरोना सङ्क्रमण भएर उपचारमा आएका ८३ जना अझै उपचाररत रहेको पनि प्रवक्ता डा. सापकोटाले जानकारी दिएका छन् ।

एन्फा क्वारेनटाइनमा बसेका १६ जनाको स्वाबको नमुना लिइयो
धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थप १६ जनाको शनिवार पिसिआर टेस्टको लागि थ्रोट स्वाबको नमुना लिइएको छ ।

गत बिहीबार ४५ जनाको स्वाबको नमुना लिइएको थियो । जस मध्ये १ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना सङ्क्रमित सँगै आएका र एउटै कोठामा बसेका ३ जनाको फेरी स्वाब लिइएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

बाँकी बिहीबार पछि क्वारेनटाइनमा आई पुगेका १३ जनाको स्वाबको नमुना शनिवार लिइएको हो । शनिवार क्वारेनटाइनमा खटेका सुरक्षाकर्मीको पनि स्वाबको नमुना लिइएको महाशाखा प्रमुख मेहेताले बताएका छन् ।

PCR-Test