धरान : धरान-२ स्थित श्री शिक्षा निकेतन माविमा पूर्व विद्यार्थीहरूको भेला भएको छ ।

स्थापना काल देखि हाल सम्म यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संलग्नता रहने गरी मञ्च गठन गर्ने सल्लाह गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गराउन विधान मस्यौदा समेत तयार पारेको पूर्व विद्यार्थी तदर्थ समाजका अध्यक्ष राम स्वरूप शर्माले जानकारी दिए ।

उनका अनुसार गठन गर्न लागिएको मञ्चले विद्यालयका भौतिक संरचना र शैक्षिक स्थिति उकास्नका लागि सहयोग गर्ने छ । पूर्व विद्यार्थीहरू अत्यधिक मात्रामा अनलाइन मार्फत सम्पर्कमा आइरहेका छन् । भने कतिपय विद्यार्थीहरूले विद्यालयमा बन्दै गरेको भवनको लागि सहयोग रकम घोषणा समेत गरेका छन् ।

यो विद्यालय २०१० सालमा स्थापना भएको धरानकै पुरानो मध्येको एक विद्यालय हो । हाल यस विद्यालयमा कक्षा १२ सम्म १४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । सुनसरीको एक मात्र प्राविधिक विद्यालय पनि हो । साथै, सि सी क्यामराको निगरानी र ४ सङ्कायमा पढाईदैछ ।