पाँचथर : ढुङ्गाको प्रेम नामक कविता सङ्ग्रहको लोकार्पण भएको छ । 

गिरिराज बास्कोटाद्धारा लिखित उक्त कविता सङ्ग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो ।

शिखा बक्सले प्रकाशन गरेको कविता सङ्ग्रहको साहित्यकार विमल वैद्यले कृतिको लोकापर्ण गरेका थिए । केन्जो खबर डटकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् । 

लेखक बास्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता सङ्ग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए । 

उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्त्वपूर्ण स्थान हासिले गर्ने अपेक्षा राखे ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतले साहित्यिक रचना पाठ गरेका थिए ।

साहित्यकारको उल्लेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्वको शुभकामना आदान प्रदान तथा गायन समेत भएको थियो ।