धरान: सोमबार मध्यान्ह धरान–१३ स्थित जिरोपोइन्ट चोकमा एक नावालिकासहित चार जनाको ज्यान जानेगरी भयानक यात्रुबाहक बस दुर्घटना भयो । त्यही बसमा थिए, पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ तुरदिम्बाका २४ वर्षिय तेजबहादुर मुक्साङ लिम्बू । त्यो कहाली लाग्दो दुर्घटनामा उनी भाग्यले बाँचे ।

सामान्य चोट लागेपनि बायाँ साइडको कम्मर र पाखुरामा खप्न नसक्ने गरी दुखेको उनको मुहारमा प्रष्ट देखिन्थ्यो । ‘मलाई चोट खासै लागेन तर, कम्मर र पाखुरामा दुखिरहेको छ,’सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । बिहान करिब ८ः१५ बजेतिर धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधबारेबाट धरानको लागि बस छुट्यो । उनी सवार ना ६ ख २७१३ नम्बरको बसले पहाडी ग्रामिण सडक छिचोल्दै धरान झर्दै थियो । उनी पछाडीको दायाँ साइडको सिटमा एक यूवासँग बसेका थिए । गन्तव्यमा पुग्न करिब डेढ किलोमिटर जति थियो । जिरोपोइन्ट भन्दा केही माथि बसले अलिक सन्तुलन गुमाएको हो की जस्तै भयो । उनको मनमा चिसो पस्यो ।

छेवैमा बसेको साथीसँग उनले कुरा गरे । उनले भने,‘हैन यो गुरुजीले के गरी कुदाउदै छ ।’ यति कै मा बस सडकको डिलसम्म पुग्यो । उनले चालकतिर हेरे । चालक केही अत्तालिएजस्तो देखिन्थ्यो, तर पनि बसलाई जोगाउने प्रयासमा रहेको उनले प्रष्ट देखे । जिरोपोइन्ट चोकमा आइपुगे पछि ड्याङ–ड्याङ (उफ्रिदै) बस ठुलो आवाजमा कतै ठोक्किएर पल्टियो । उनी भन्छन्,‘गाडी त पल्टियो, म त झ्यालको सिसा फुटाएर बल्लाले निस्किएर बाँचे ।’ चालकले धेरै बचाउने प्रयास गरेको थियो भन्दै उनले सञ्चारकर्मीसँग प्रश्न गरे, ‘गुरुजी जानुभयो !?’ उनी चालकको निधन भएकोबारे अनभिज्ञ रहेछन् । सञ्चालकर्मीहरुले चालकको मृत्यु भएको जानकारी दिए । उनले चुकचुकाउदै भने ‘च्व च्व,.उसो भए गुरुजी जानु (मृत्यु) भयो है ? कत्ति जोगाउने प्रयास गर्नुहुदैथ्यो विचरा !’

accidents68

पाँचथर र धनकुटाको सिमाना मिक्लाजुङ र चौबिसे गाउँपालिका हो । मिक्लाजुङबाट फिदिम जानु भन्दा ६ नम्बर बुधबारे आउनु उनीहरुको लागि सहज हुन्छ । त्यसैले, उनी धरान हुँदै मजदुरीको लागि मुङलिङ जादै थिए । तर, उनी धरान पुग्नै लाग्दा यस्तो भयानक विपत्ति आइलाग्इो । प्रहरीले दुर्घटनाको कारण बे्रक फेल भएको जनएको छ । दुर्घटनामा चालक धरान–८ का चक्रबहादुर गुरुङ च्यापिएको कारण उद्दारमा ढिलाई भएको थियो । उनलाई वीपी प्रतिष्ठान पु¥याए पनि उनको ज्यान जोगिएन । जिरोपोइन्ट चोकको जानकी चोक जाने मोडको डिलैमा रहेको विजुलीको पोल, टेकिलमको पोल र सिमेन्टबाट बनेको फुटबलमा ठोक्किदा बसको अगाडीको भागमा पूर्ण क्षती पुगेको थियो ।

अगाडिको भागमा च्यापिएर चालकसहित मोरङको केराबारी गाउँपालिका ४ विराजेकी नावालिका करिब ५ महिनाकी डिना मगर र उनकी आमा २० वर्षिया यम कुमारी मगरको ज्यान गयो । डिनाको घटनास्थलमै र उनकी आमाको उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै, चौबिसे गाउँपालिका १ डाडाबजारका दलबहादुर मगरको पनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटना लगत्तै प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका थिए । नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारमा तादारुपता देखाउदा घाइतेहरुको बेलैमा उद्धार भयो । २०५८ सालमा पनि त्यही ठाउँमा तरकारी बोकेको ट्रक दुर्घटनामा परेको स्थानीयको भनाइ थियो ।

acc