धरान: धरान १३ शिवधारामा रहेको ड्रिम्स लाउञ्ज एण्ड बारमा चर्चित गायक सुरेश कुमारले शुक्रबार साँझ आफ्ना फ्यानहरुमाझ प्रस्तुत भए ।

उनले यतिकैमा यो जुनिमा तिमीलाई पाउन सकिन भने....भन्दै स्टेजमा उक्लिए । सुरेश कुमारलाई मेलोडी किङ पनि भनिन्छ । धरान १३ शिवधारामा रहेको इम्मानुएल अर्फोनेज होमलाई सहयोग गर्ने उद्देश्यले विन्टर नाइटको विवस रूचाल, बविन भण्डारी र सुजित श्रेष्ठले आयोजना गरेका थिए । मेलोडी किङ सुरेश कुमारले यो जुनिमा, आइ मिस यु, प्रिय तिम्रो सम्झना, पर्खि रहन्थियौ हो पधेरोमा, गाजलुले आँखै छोपि, आउ अब मेरो अङ्गालोमा जस्ता उनका चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।

सुरेश कुमारको प्रस्तुतिभन्दा पहिले कार्यक्रमको सुरूवातमा अर्फोनेज होमका बालबालिकाहरूले जाग लम्क चम्क हे र हे हाम्रा प्रिय पिता बोलको गीत गाएका थिए । यसका साथै इटहरीबाट आएका बालकलाकार सौजन्य पौडेलले २ वटा गीत सुनाएका थिए । डान्सर पुजा लिम्बुको समूहले विभिन्न आइटम नृत्य प्रस्तुत गरेका थिए ।

_MG_0006

कार्यक्रमका प्रमुख अतिथि रहेका धरान वडा नम्बर १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेले अर्फोनेज होमले वडा कार्यलयमा प्रपोजल पेष गरेको खण्डमा खर्थिक वर्ष २०७७र७८ मा केहि रकम निकासा गर्ने प्रतिवद्धता जनाएका छन् । उक्त कार्यक्रममा डोनेसन बक्समार्फत १७ हजार २ सय ५५ रूपैयाँ उठेको थियो । जसमा मेलोडी किङ सुरेश कुमारले आफ्नो पारीश्रमिकबाट ५ हजार रूपैयाँ प्रदान गरेका थिए । उक्त रकम आयोजक विवस रूचाल, बविन भण्डारी र सुजित श्रेष्ठले अर्फोनेज होमका सञ्चालक जिवनदेव सुब्बालाई हस्तान्तरण गरेका थिए । हाल उक्त अर्फोनेज होममा ६ देखि १९ वर्ष उमेर समूहका १७ जना बालबालिकाहरूले आश्रय लिइरहेका छन् । अर्फोनेज होमले सबै बालबाबलिकाको खाने बस्ने सुविधाको साथमा शिक्षा समेत सबैलाई प्रदान गरीएको छ ।