इटहरीः उच्च शिक्षा अध्ययन गर्न विभिन्न मुलुक जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दै आएको केआइइसीले इटहरीमा पनि शाखा विस्तार गरेको छ ।

केआइइसीको १३ औं शाखाको शुक्रबार एक समारोहबीच उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौड्यालले रिबन काटेर उद्घाटन गरेका छन् । विदेशमा रहेका सुविधा सम्पन्न कलेजहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई सहज वनाउन सहयोग पुर्याउने उद्देश्यले इटहरीमा पनि शाखा सञ्चालनमा ल्याएको केआइइसीका सिइओ राजेन्द्र रिजालले बताए । उनले उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेका कलेजहरुमा जाने विद्यार्थीहरुले सहजीकरणका लागि काठमाडौंमा पुग्नु पर्ने समस्याको अन्त्य गर्दै आफनै ठाउँमा विद्यार्थीहरुले पुर्वतयारी कक्षामा अध्ययन गर्न पाउने सुविधाको व्यवस्थापन गरेको पनि बताए ।

पछिल्लो समयमा रोजगारमुलुक शिक्षाका लागि अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढी रहेको छ । शाखाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उवासंघ इटहरीका अध्यक्ष पौडेलले प्रदेश नम्बर १ को विकसित सहर इटहरीमा सञ्चालनमा ल्याइएको केआइइसीले रोजगारमुलक शिक्षाका लागि विद्यार्थीहरुलाई लाभ पुग्ने अपेक्षा व्यक्त गरे । रोजगारमुलक शिक्षाका लागि विद्यार्थीहरु बाहिर जानु परिरहेको तर्फ मध्यनजर गर्दै नेपाल सरकारले नै रोजगारी केन्द्रीत शिक्षामा जोड दिनुपर्ने पौडेलले बताए ।

इटहरी तथा आसपासका क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी इटहरीमा केआइइसी सञ्चालनमा ल्याएको इटहरी शाखाको सञ्चालक आशिष प्याकुरेलले बताए । कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेललगायतको उपस्थिति रहेको थियो ।