धरान : ‘भ्वाइस अफ नेपाल टु’ को धरानमा सांगितिक कार्यक्रम हुने भएको छ । माघ २४ गते रेडियो धरान ८८.८ मेगाहर्जको आयोजनामा चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको टिम धरान आउने भएको हो । द भ्वाइस अफ नेपालको पुर्व टुर अन्तर्गत धरानमा हुने भ्वाइस अफ नेपाल सिजन २ फाइनलिस्ट म्युजिकल कन्सर्टको लागि सम्पुर्ण टिम धरान आउने भएको हो ।

धरान १२ मा रहेको पब्लिक स्कुलको खेल मैदानमा हुने कन्सर्टमा भ्वाइस अफ नेपाल सिजन २ को विजेता राम लिम्बुको साथमा आरीफ राउफ, सनिष श्रेष्ठ, विकास लिम्बु, टप ८ मा पर्न सफल याङ्की यल्मो र टप १० मा अटाएकी अञ्जु राना मगरको प्रस्तुति रहनेछ । लाइभ हुने कन्सर्टमा सम्पुर्ण गायकहरूलाई संगितका लागी प्रोजेक्ट डी ब्याण्डले ब्याकअप दिनेछन् । उक्त कन्सर्टको उद्घोषक भ्वाइस अफ नेपालका सुशील नेपालले गर्नेछन् ।

साँझको ५ बजेबाट सुरू हुने कार्यक्रमको सुरूवात अन्जु राणा मगर र याङ्की यल्मोको प्रस्तुतिबाट हुनेछ । त्यसपछि क्रमश अरिफ राउत, विकास लिम्बु, सनिश श्रेष्ठ हुदै अन्त्यमा भ्वाइस अफ नेपाल सिजन २ विजेता राम लिम्बुको प्रस्तुति रहनेछ । उनीहरूको लगातार ३ घण्टाको प्रस्तुतिपछि डिजे मलिक स्याडोको डिजेइङ रहनेछ ।

कार्यक्रममा उठेको रकमबाट ३० हजार नगद धरान १३ निवासि रुद्र बस्नेतलाई सहयोग गरीने भएको छ । बस्नेत स्नायु प्रणाली सम्बन्धी रोगबाट ग्रस्त रहेका छन् । उनको उपचारमा सहयोग पुर्याउनका लागि उक्त रकम सहयोग गर्न लागिएको हो ।