सुनसरी : ईटहरी २ हवाइचोक बस्ने १८ बर्षीय पारस कार्कीले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका छन् । बुधबार राती साढे १० बजे घरमा बसिरहेको अवस्थामा ३६ वर्षिया कबिता कार्कीलाई छोरा पारसले खुकुरीले शरीरको विभिन्न भागमा प्रहार गरी घाईते बनाएका हुन् ।

उनको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । आमामाथि खुकुरी प्रहार गर्ने पारस कार्कीलाई भने खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।