•    माधव लुइँटेल 
मङ्सिर ४ को निर्वाचनका लागी उम्मेदवारी चयनका कार्यक्रमहरू सम्पन्न भए सँगै हामी सम्पूर्ण नेपालीहरूमा चुनावको वातावरण हुँदै गर्दा एक मतदाताको हिसाबमा चुनावी वातावरणमा विजयी तथा प्रतिस्पर्धी उम्मेदवार सँग मूल्य नियन्त्रण सबै उम्मेदवारको एजेण्डा बन्नु पर्छ भन्ने लागेको छ । 
नेपालमा महँगी कसरी वृद्धि हुँदै गइरहेको छ भन्ने सम्बन्धमा अवलोकन गर्दा २०३५ साल तिरको मेरो विद्यार्थी जीवन सम्झन मन लाग्यो । हाम्रो त्यो पालामा चार आनामा चटपटे पाइन्थ्यो । मेरो विद्यार्थी जीवनकालमा त्यति धेर चटपटे खाइँदैनथ्यो । चार आना प्राप्त गर्न बहुत कठिन थियो । यदाकदा चार आना हात लागेर चटपटे खाइएको रमाइलो भने सम्झना आउँदछ । 
तपाइको व्यवसाय स्थापित हुन सक्नुको राज के हो ? भनेर अन्तरक्रियाको क्रममा प्रख्यात स्थापित व्यवसायीहरू मध्ये विदेशका केही व्यवसायीहरूले भन्ने गरेको सुनिएको कुराले व्यापक प्रभावित पार्दछ । उनीहरूको व्यवसाय स्थापनाको राज ज्यादै सानो कुरा हुन्थ्यो । विद्यालय जीवनमा दैनिक खाजाको रूपमा पाउने डलरलाई जोगाएर  व्यवसाय सुरु गरिएको हो भन्ने किसिमका व्यावसायिक कुराहरू सुनिने गरिएको हुन्थ्यो । प्रतिस्पर्धाको समयमा यस्ता साना कुराहरूले प्रख्यात व्यवसायीहरूलाई अझ उँचो र सम्मान दिलाउँदछ । यस्ता जानकारीहरू प्राप्त गर्ने सबै व्यक्तिहरू नतमस्तक हुन पुग्दछन् । त्यस्तै पूर्वका प्रख्यात डिपार्टमेन्ट स्टोर व्यापारी श्रीमान् बलाराम आचार्य  ज्युबाट भनिएको अभिव्यक्ति पनि त्यस्तै मननीय छ । उहाँलाई सामाजिक व्यक्तित्वहरूको जमातले टीका टिप्पणी गरिदिएका रहेछन् । यो बलराम पैसा धेरै भएर बौलायो भनेर । हो वास्तवमा कुनै वा जुनसुकै सफलताको सुरुवातमा सामाजिक हुलले त्यस्तै अड्चन ठाडै राख्दिरहेको हुन्छ । त्यसैले हामी उन्नति चाहने व्यक्तिहरूले खरायोको चालमा होइन कछुवाको सुस्त गतिमा विजयलाई हात पार्ने सुनिश्चितताको सक्षमता प्राप्त गर्दै अघि बढी रहेको हुनु पर्दछ । 
अहिले गाडी भाडा ज्यादै बढेको पाइन्छ । यति बढेको छ कि के भन्ने । महँगी नियन्त्रणमा गाडी भाडा ज्यादै न्यून हुनु नितान्त आवश्यक हुन्छ । आयात कमी गराउने भन्ने प्रसङ्ग तिर संलग्न हुन चाहिन । यहाँ महँगी नियन्त्रण आवश्यक छ भन्ने प्रसङ्ग उठान गरिएको छ । त्यस सन्दर्भमा नेपालभरि यातायात प्रयोग गर्दा भाडा न्यून कसरी गर्ने त सवाल सामान्य छ तर विजयी सांसदहरूले यस बारेमा कहीँ केही भेउ नपाएर केही गर्न सक्ने छैनन् । त्यस्तो अन्योल हुनु हुन्न कसमे कम विजयी सांसदहरूले सारा नेपालभरिको यातायात भाडा न्यून गराउन सकेसम्म लागि परिरहनु पर्दछ ।  त्यस सम्बन्धमा प्रतिस्पर्धी सम्पूर्ण उम्मेदवारहरूले समेत यसमा एकै आवाज उठाउनु पर्ने हुन्छ ।  मूल्य नियन्त्रण सरकारी संयन्त्रको पहुँचमा हुनु पर्दछ । त्यत्तिकै इन्धनको अन्तर्राष्ट्रिय रूपमा मूल्य वृद्धि भयो भनेर लाचार हुनु हुँदैन । सरकार लाचार हुनु भनेको जनता  लाचार हुनु हो । सरकारले नेपालभरि सार्वजनिक यातायातको भाडा अविलम्ब ज्यादा भन्दा ज्यादा घटाउनु आवश्यक छ । यसमा सबै लागि पर्नुपर्ने हुन्छ । कर्मचारीको तलब  वृद्धि तथा सार्वजनिक  यातायातको भाडा नियन्त्रण तथा न्यून गर्नु नितान्त जरुरी छ । 
महँगीको विरुद्धमा  सारा देशवासी लागी पर्नु पर्ने समयमा त्यता तिर पूर्व सांसदहरूले कार्य गरेको पाइँदैन । नाम मात्रका सांसदहरूले आफ्नो कार्यकालमा केवल भत्तामा खाएर बिताएका छन् । महँगी विरुद्धका कुनै कार्यहरू गरिएको छैन । 
सार्वजनिक यातायातको भाडा कसरी घटाउन सकिन्छ त त्यता केही अनुमानहरू लगाउन सकिन्छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने स्वीकृति दिइएको हुन्छ । त्यो हिसाबमा सरकारको हात माथि हुन्छ । यसमा व्यवसायको गन्ध हुनुहुँदैन । नाफा भन्ने उद्देश्य हुनुहुँदैन । सम्पूर्ण व्यवस्थापन कुशलताको प्राप्ति गर्न सकेमा यातायातको भाडा न्यून गराउन सकिन्छ । अहिलेलाई हाम्रोमा यातायातमा बसहरू छन् । ढुवानी सम्बन्धमा हुने ट्रक व्यवसायीहरूको समेत भाडा सकेसम्म न्यून गराउनु पर्दछ । नाफा भएन भन्दै यातायात व्यवसायीहरूले भाडदार वृद्धि गर्ने गरेका छन् । यातायातको क्षेत्रमा प्रवेश गरेका व्यवसायीहरूले आफू खुसी भाडा वृद्धि गरिनु हुन्न ।  त्यसरी भाडदार वृद्धि गर्दा सम्पूर्ण नेपालभरिका प्रशासन भने कहाँ सुतेका छन् छन् कहिल्यै थाहा पाउँदैन । भाडा वृद्धि गर्नुहुँदैन भनेर प्रशासनले पहल गर्न किन सकिरहेको छैन । 
गाडीको प्रयोगमा सक्षमता विकास गरिनु आवश्यक हुन्छ । मर्मत क्षेत्रका मेकानिकले त्यत्तिकै कामै नगरी चार्ज लिने गर्दछन् भने बाटोघाटो पनि राम्रो नबनेका कारण स्पिडको फाइदा व्यवसायीहरूलाई प्राप्त हुन सकिरहेको छैन अनि इन्धन खपत मितव्ययिता वाट प्राप्त हुन सक्ने फाइँदाबाट व्यवसायीहरूको पहुँच पुगेन भन्दैमा भाडा वृद्धि गरिनु हुँदैन । भौगोलिक अवस्था अनुरूप नेपालमा सबै स्थानमा गाडीको पहुँच पुग्दै गरेको त देख्न पाइन्छ । तर साधन मात्र भएर हुँदैन नि राम्रो उद्देश्य लिएर सबै अघि बढ्नु पर्दछ । म चाहिँ भन्छु नेपालभरिका सार्वजनिक यातायातको भाडा सकेसम्म सरकारी हस्तक्षेपमा न्यून गरिनु पर्दछ । इन्धनका कारण भाडा बढाइनु हुन्न । अन्य मेकानिकल चार्जहरूका कारण पनि भाडा बढाइनु हुन्न । ड्राइभर खलासीका सुविधाका कारण पनि भाडा बढाइनु हुँदैन । 
साहुको ऋणको व्याजका कारण पनि भाडा बढाइनु हुँदैन । अन्य कारणहरू पनि हुन सक्दछन् लागत सम्बन्धमा ती कारण पनि भाडा बढाइनु हुँदैन । कुशलता चाहिन्छ । व्यवस्थापन सक्षमता चाहिन्छ । सञ्चालन गर्न सक्ने क्षमता चाहिन्छ । मितव्ययिता प्रति समर्पित हुन सक्ने कला चाहिन्छ । अत्यन्त सफल क्रियाकलापहरू प्रति लगाव आवश्यक छ । 
कमसेकम यो आउँदो चुनावमा विजयी भएको होस वा प्रतिस्पर्धी उम्मेदवार होस नेपालभरिको यातायात भाडा अत्यन्त न्यून कायम गराउन सकुन् भन्ने अभिप्राय राख्दै अन्य खाद्यान्न लगायत सारा नेपालीहरूको अति आवश्यक सम्पूर्ण सामाग्रीहरू तर्फ पनि महँगी नियन्त्रण कार्यक्रमहरू आउन सकुन् ।  
धन्यवाद ।