धरान :नेपाली काँग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई (प्रवीण) नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले आज बुधवार धरान किचेनमा आयोजित समारोहमा शपथ ग्रहण गरी पद बहाल गरेको छ ।
निर्वाचन समितिद्वारा आयोजित प्रमाणपत्र वितरण तथा शपथ ग्रहण समारोहमा टप फाइब सभापति नरेन्द्र कुमार राई (प्रवीण), उप–सभापति हिमाल श्रेष्ठ, उपसभापति महिला शिला बज्राचार्य, सचिव सागर प्रसाई एवं कार्यक्रम बिच सभापतिद्वारा कोषाध्यक्ष मनोनीत शिखा चेम्जोङ लिम्बुले निर्वाचन अधिकृत विष्णु बरालबाट शपथ ग्रहण गरे ।
सामूहिक शपथ ग्रहण गर्ने कार्यसमिति सदस्यहरूमा दिया श्रेष्ठ, श्याम गुरुङ, सविना तामाङ, ज्वाला तुलाधर, शोभा बराइली, इदिरा मादेन लिम्बु, अमरबहादुर बानिया, वीरबहादुर कार्की, सञ्जुकुवंर कटवाल, कविता श्रेष्ठ, सुमिर बमजन, पासाङ डोल्मा गुरुङ, सुकन राई, विन्दु अधिकारी छन् ।
यस्तै तुलसीप्रसाद श्रेष्ठ,दिनेश सिङगक लिम्बु, प्रविढा अग्रवाल, सरिता न्यौपाने, उज्ज्वल कुमार श्रेष्ठ, उद्धवप्रसाद अधिकारी, हिरादेवी गुरुङ राई, देवेन्द्र दाहाल, जुगलकुमार चौधरीले कार्यसमिति सदस्यको शपथ ग्रहण गरेका छन् ।
यसैगरी शपथ लिने कार्यसमिति सदस्यमा खान्नुमा राई बान्तवा, राजु श्रेष्ठ, निर्मला राई, विवेक साशंकर, जेनिशा राई, रमेश मगर, शिखर राई, सुमित्रा कालिकोटे एकराज शङ्कर छन् ।
उपमहानगर समितिमा विभिन्न क्लस्टरबाट सदस्य रहने व्यवस्था भएकोमा केही सदस्यको उम्मेदवारी नपरेकोले कार्यसमितिद्वारा मनोनयन गर्ने गरी खाली राखिएको निर्वाचन अधिकृत बरालले बताए ।
पार्टीको नगर समितिको चुनावी कार्यक्रम अनुसार उम्मेदवारी दर्ता हिजो मङ्गलवार धरान सभागृहमा भएको थियो । यस अघि काँग्रेसको धरानका २० वटा वडामा क्षेत्रीय प्रतिनिधि सहित वडा कार्यसमितिको निर्वाचन पनि निर्विरोध भएको थियो ।
शपथ ग्रहणको अवसरमा नवनिर्वाचित सभापति नरेन्द्रकुमार राई प्रवीणले धरानमा वडा देखी नगर अधिवेशन सम्म भएको सर्वसम्मत नेतृत्व चयनले काँग्रेसको पन्ध्रौँ महाधिवेशनलाई राम्रो सन्देश दिएको बताए ।
उनले धरानमा अब काँग्रेसको गुटबाजी समाप्त भएको छ ।Ú उद्घोष गर्दै अबको चुनावमा काँग्रेसको उम्मेदवार गुटबन्दीकै कारणले हार्ने अवस्था आउन नदिने प्रतिबद्धता प्रकट गरे ।
गत: स्थानीय चुनावमा नगर प्रमुखमा किशोर राईको हार काँग्रेसकै कारण भएको बताउँदै उनले भने किशोर राईले जितेको भए आज धरानमा हर्क साम्पाङको जस्तो अराजक, सामाजिक सदभाव बिथोल्ने राजनीति धरानमा हुने थिएन ।