इटहरी : १५औँ महाधिवेशन अन्तर्गत इटहरी उपमहानगरपालिकाको नयाँ कार्यसमिति चयन भएको छ ।निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा विकास केसी र उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत चयन भएका हुन् ।
१४ औँ महाधिवेशनमा केसीको प्यानल बाट उपसभापतिमा विजयी भएका बालकृष्ण बिष्ट यस पटक उनै केसीसँग प्रतिस्पर्धामा उत्रिएका थिए । निवर्तमान सभापति हेमकर्ण पौडेलको अग्रसरतामा केसी नेतृत्वको प्यानल सर्वसम्मत रूपमा तय भएको हो ।
बिहीबार साँझ भएको सहमति अनुसार सचिवमा सूर्यनारायण चौधरी र सहसचिव रोशन तामाङ चयन भएका छन् । सहमति अनुसार सभापति केसीले बिहीबार नै कोषाध्यक्षमा दिनेश अधिकारीलाई मनोनीत गरेका हुन् । त्यस्तै प्रवक्ताको रूपमा प्रह्लाद दाहाललाई अगाडी बढाउने गरी सहमति भएको छ । त्यस्तै वडा बाट प्रतिनिधित्व हुने नगर सदस्य र खुल्ला सदस्यमा समेत सर्वसम्मत गर्ने सहमति भएको हो।








































































