धरान : पन्धौं महाधिवेशनको पूर्वसन्ध्या धरानमा बिहीबार अबेर रात नेपाली काँग्रेस सुनसरी १ को महाधिवेशन प्रतिनिधि सहित तिनै तहको निर्वाचन निर्विवाद सम्पन्न भएको छ ।
प्रारम्भिक चरणदेखी उपमहानगर समिति सम्मको पार्टी सङ्गठनको चुनाव सर्वसम्मति र निर्विरोध भएको थियो । सुनसरी १ क्षेत्रीय समितिको सभापतिमा भने निर्वाचन भयो ।
प्रदेश प्रतिनिधिका अधिकांश संरक्षित केटाहरूमा निर्विरोध निर्वाचन भए । महाधिवेशन प्रतिनिधिको केही संरक्षित कोटा र खुल्ला तर्फ निर्वाचन भएको थियो ।
निर्वाचन समितिद्वारा प्राप्त प्रारम्भिक सूची अनुसार निर्वाचित पदाधिकारी, प्रतिनिधिहरूको नाम यस्तो छ :
महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ उमेश थापा, किशोर राई, पर्वतकुमार राई, मीनबहादुर विश्वकर्मा, रामकुमार तामाङ (मामा), रुपेश आचार्य, सचित शर्मा, सुजेन्द्र तामाङ, सुरेश श्रेष्ठ, श्याम पोखरेल निर्वाचित भएका छन् ।
यसैगरी महिला खुल्लामा उर्मिला प्रधान, निर्मला गुरुङ (निरु), प्रदेश सांसद ममता तामाङ, मिना सुब्बा निर्वाचित भएका छन् ।आदिवासी जनजाति खुल्लाबाट महेन्द्र प्रधान, रोहित सुब्बा, सुवास राई र आदिवासी जनजाति महिलाबाट पञ्चकला राई, रमिना सुब्बा गुरुङ, सन्ध्या श्रेष्ठ, खस आर्य खुल्लाबाट रत्नबहादुर रिमाल, खस आर्य महिलाबाट रूक्मिणा गौतम (कोपिला गौतम) निर्वाचित भएकी छन् ।
यस्तै मधेसीबाट राजु साह निर्वाचीत भए, दलितबाट सन्तोष विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । पेशागत विषय विज्ञ चन्द्र शेखर लामा, युवा खुल्ला दोर्ची शेर्पा र प्रसान राई, युवा महिला सुबिक्षा राई, श्रमिकबाट विजय घिमिरे निर्वाचित भएका छन् ।
अपाङ्गताबाट ध्रुव गिरी, अल्पंसख्यकबाट जय प्रकाश शर्मा, दलितबाट गणेश परियार, प्रजातन्त्र सेनानीबाट भीष्मराज काफ्ले, समानुपातिक थारु मुस्लिमबाट काशीराम चौधरी निर्वाचित भएका छन् ।
सभापतिको हैसियतले महाधिवेशन प्रतिनिधि बनेकाहरूमा सुनसरी क्षेत्र १ क्षेत्रीय सभापति तिलक राई, प्रदेश सभा १ (क) का सभापति सन्तोष लिम्बू, प्रदेश सभा १ (ख) का सभापति सुमित राई, धरान उपमहानगर सभापति प्रवीण राई छन् ।










































































