इटहरी : विदेश अध्ययनको लागी भरपर्दो परामर्श केन्द्रको रूपमा स्थापित केआईइसीले सेमिनार आयोजना गर्ने भएको छ। इटहरीको पश्चिम लाइनमा अवस्थित केआईइसीको कार्यालयमा मङ्सिर २० गते सोमबार परामर्श सेमिनार हुन लागेको हो। सेमिनारमा विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूबाट आएका विशेषज्ञहरूले परामर्श दिने कार्यक्रम रहेको छ।

विदेश पढ्न जाने विद्यार्थीको लागी भरपर्दो शैक्षिक परामर्श केन्द्र आवश्यक पर्ने भएपछि केआइइसिले इटहरीबाट सेवा सुरु गरेको हो। वैदेशिक अध्ययनमा इच्छुक विद्यार्थीलाई मध्यनजर गर्दै शैक्षिक परामर्श सेमिनार आयोजना गर्न लागिएको काठमाडौँ इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी) इटहरीका प्रबन्ध निर्देशक उमेश भण्डारीले जानकारी दिए।
विगत १५ वर्षमा ५ हजार बढी विद्यार्थीलाई विदेश पठाउन सफल भएको स्मरण गराउँदै उनले केआइइसी एक विश्वासिलो र भरपर्दो ब्राण्ड भएको दाबी गरे।

केआइइसीले प्रदेश १ को इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको छ । शैक्षिक परामर्शदाताहरूको भिडमा केआइइसीले करिअर काउन्सिलिङ देखी विद्यार्थी भर्ना सहजीकरण गर्दै आएको छ। आर्थिक अभावमा विदेश जान नसकेका विद्यार्थीको लागी छात्रवृत्तिको व्यवस्था मिलाउने योजना रहेको भण्डारीले सुनाए।

विद्यार्थीले रोजेका युके, युएसए, अस्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडा जस्ता देशहरूलाई प्राथमिकताका साथ काम गरिरहेको उनले बताए। भाषा कक्षा, परीक्षा तयारी, शैक्षिक गोष्ठी, कार्यशाला र विभिन्न प्रस्तुतिहरूमा समेत केआइइसी अब्बल साबित भएको उनको दाबी छ। त्यससँगै टोफेल, आइल्ट्स, स्याट, जिआरइ र जिम्याटका कक्षाहरू सञ्चालन हुने गरेको निर्देशक भण्डारी बताउँछन्।

केआइइसीले अमेरिका, आयरल्यान्ड, जापान स्विजरल्यान्ड, फिनल्यान्ड, नर्वे, जर्मनी, पोल्यान्ड, डेनमार्क, साइप्रस, सिंगापुर र अन्य विदेशी शिक्षालयहरूमा विद्यार्थीहरूलाई पठाउने गरेको छ । केआइइसी आफैमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको व्यावसायिक इजाजतप्राप्त भएकोले हरेक वर्ष पाँच सय विद्यार्थी विदेश जाने गरेको कम्पनीको रेकर्ड छ।