विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३-३, तेहृथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३-३, कटहरीमा २ र रंगेलीमा १, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २-२, बर्जू, दुहबी र देवानगञ्जमा १-१, झापाको भद्रपुरमा २३, अर्जुनधारा र बिर्तामोडमा ४-४, मेचीनगरमा २, कचनकवल, हाल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ५, धनकुटाको धनकुटा नगरपालिकामा ५, पख्रिबास र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीय तह नखुलेका १-१, तेहृथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६१४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।