धरान: धरान १८ स्थित माउन्ट हर्मन स्काउटले आफ्ना ६८ स्काउट सदस्यलाई दीक्षित तथा बिपद् ब्यवस्थापन टिम गठन गरेको छ ।

मंगलबार एक कार्यक्रमबिच ८/८ छात्र र छात्रा स्काउटको विपद् ब्यवस्थापन टिम गठन गरेको हो । गठित बिद्यार्थीहरुलाई विभिन्न सामाग्री एवम् प्राथमिक उपचारका ब्याग प्रदान गरिएको थियो । टिममा ३० सदस्य रहने र टिमलाई बैशाखमा पूर्णता दिइने बिद्यालयका प्रिन्सिपल अनुप तामाङले जानकारी दिए ।

दिक्षीत स्काउटहरुले स्कार्फ तथा ब्याज प्राप्त गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य निर्मला अधिकारी, जिल्ला तालिम आयुक्त हरिकृष्ण श्रेष्ठ, रोभर लिडर तथा स्काउटर शङ्कर भण्डारी, जिल्ला कार्यकारी सदस्य शुसिल राईले प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सन्तोष कोइरालाले गरेका थिए भने कार्यक्रम सन्चालन स्काउटर हेमन्त भण्डारीले गरेका थिए । माउन्ट हर्मनमा वि.स. २०६८ सालबाट स्काउट सुरु भएको हो । हाल ९० स्काउटहरु बिद्यालयमा अध्ययनरत छन् ।