धरान : अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जीत लगत्तै चिनिया विदेश मन्त्रालयले उनलाई बधाई दिँदै चीन अमेरिकासँग दुई देशको व्यापारिक लाभको सिद्धान्तमा आधारित द्विपक्षीय सम्बद्धलाई जारी राख्ने जनाएको छ ।
चीनले भनेको छ ‘अमेरिकासँग चीनको जुन विद्यमान नीति छ, आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, र दुई देश बिच फाइदाको सिद्धान्तमा आधारित द्विपक्षीय सम्बन्ध अगाडि पनि जारी रहने छ ।’
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई दिदैं भनेका छन् ‘धेरै सवालमा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ, तर लोकतन्त्रको अर्थ भनेको हामीले सोचेको कुरानै सधैँ साँचो नहुन सक्छ ।’
ओबामाका अनुसार महामारीपछि विश्वले अनुभव गरेको महँगी र आर्थिक मन्दीको समस्याबाट अमेरिका पनि मुक्त छैन । यो समस्या एक अर्काको कुरा सुनेर सहमतिको सिद्धान्त पालन गरे मात्र यो समस्याको समाधान गर्न सकिन्छ, त्यही कार्यशैलीले अमेरिकालाई महान् बनाएको हो । (एजेन्सी)