धरान : तिहार सकिए पनि तासजुवा भने सकिएको छैन । सरकारी सहित सबै कार्यालयहरू खुलेको बेला पनि जुवाडेहरू भने तास जुवाकै खालमा दिन बिताइरहेको दमकमा बिहीबार १८ जनालाई प्रहरीले पक्राउ गरेपछि खुलासा भएको छ ।

इलाका प्रहरी कार्यालय दमकले झापाको शिवसताक्षी-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा  तासजुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा शिवसताक्षि-५ का मुकेश राउत, गौरिगंज-१ का ४७ वर्षीय हरि राजवंशी, शिवसताक्षि-११ का ६२ वर्षीय चन्द्रमणि रिमाल, ४५ वर्षीय राजेन्द्र बास्कोटा, ४९ वर्षीय दीपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र बुबर छन् ।

यस्तै शिवसताक्षि-७ का ५४ वर्षीय छत्र बहादुर सोडारी, ६१ वर्षीय मणि खड्का, ३२ वर्षीय राजु दर्जी, ५१ वर्षीय तुला सुब्बा, ६९ वर्षीय सिताराम कार्की, ४३ वर्षीय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि-४ का २४ वर्षीय सेवराज राजवंशी, ३६ वर्षीय रूपनारायण साहा, ३५ वर्षीय मनोज साहा, शिवसताक्षि-९ का ३३ वर्षीय नीरज दुलाल, ५६ वर्षीय मोहन प्रसाद दुलाल र शिवसताक्षि-६ का ४८ वर्षीय लोकनाथ दुलाल छन् ।

प्रहरीले जुवाको खालबाट नगद ४ लाख ५४ हजार ५०० रुपैयाँ समेत बरामद गरेको छ ।