इटहरी : इटहरीमा सबैतिर तिहारको रमझम देखिएको छ ।
सङ्गीत चोकमा झिलिमिली बत्तीसँगै भित्रिएको तिहारले सम्पूर्ण चोक र बजारमा रौनक बढाएको हो । 
इटहरीको हटिया लाइनमा कोभिड महामारी अगाडिको झल्को दिने गरी व्यापारिक गतिविधि भएको छ । स्थानीय एक व्यापारीले तिहारमा ५ वर्ष पछि लामो समय निरन्तर व्यापार भएको बताए । काग तिहार देखि बढेको हटिया लाइनको व्यापारिक चहलपहल भाइटिकाको अघिल्लो साँझसम्म पनि त्यतिकै देखिएको छ । सङ्गीत चोकको झिलिमिलीले इटहरीमा व्यापार र तिहारको रौनकता बढाइरहेको छ । साँझको समयमा टिकटक बनाउने देखि झिलिमिली बत्तीको अवलोकनमा आउने गरेका छन् । जसले इटहरीको सङ्गीत चोक सामाजिक सञ्जालमा भाइरल भएको छ । 
चोक नजिकै स्थानीय कलाकारको कन्सर्टले तिहार सङ्गीतमय बनाएको छ । उता जनता माविको खेल मैदानमा जारी मेलामा आगन्तुकको जमघट बढ्दै गएको छ । शनिवार साँझ पूर्ण राई एन्ड दाजुभाइले प्रस्तुति दिने भएका छन् ।
itahair hatiyaline