धरान : विष्णुपादुका, धरान-२० चिण्डे डाँडा स्थित सेछ एडभेञ्चर पार्कले स्थापनाको चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधवार पार्कमा उपलब्ध एडभेञ्चर खेलहरू, खानपिन र वनभोज खानेहरूका लागि छुटको प्याकेजहरूको घोषणा गरेको छ ।

सेछ कोशी प्रदेशको पहिलो र एक मात्र पर्यटकीय एडभेञ्चर पार्कको रूपमा सञ्चालन हुँदै आएको छ । विष्णुपादुका चिण्डे डाँडा स्थित पार्कमा एकै ठाउँमा स्काई साइकल, जीपलाईन, हेङ्गिङ ब्रीज, ३६० डिग्री साइकल, रसियन सर्कल लगायतका साहसिक खेलहरू सञ्चालनमा छन् ।

एडभेञ्चर पार्कले पिकनिक प्याकेज, १०० प्रतिशत क्यास ब्याक’ प्याकेज र विद्यार्थीहरूका लागि ‘डेकेशन’ प्याकेज विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो ।

डेकेशन प्याकेजमा विद्यार्थीहरूलाई छोटो हाइकिङका साथै स्काई साइकल र जिप लाइन एक्टिभिटी, ब्रेकफास्ट, लञ्च र नाचगान सहितको कार्यक्रममा प्रति विद्यार्थी १२०० रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

पिकनिकको प्याकेजमा जिप लाइन, स्काई साइकल, ब्रेकफास्ट, र लञ्च उपलब्ध गराइने छ । पिकनिकको अन्य आवश्यक सुविधाहरू पार्कमै उपलब्ध हुनेछन् । हाईकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था हुनेछ । उक्त सुविधाहरू प्रतिव्यक्ति शुल्क १५०० रुपैयाँमा उपलब्ध हुनेछन् ।

सेछले १०० प्रतिशत शुल्क फिर्ता पाइने ‘क्यास ब्याक’ प्याकेज समेत सार्वजनिक गरेको छ । उक्त प्याकेजबाट शुल्क फिर्ता पाउन आगन्तुकले पार्कमा खेलहरू खेलेर अन्य ३ जनालाई पार्कमा पठाएमा तिरेको शुल्क शतप्रतिशत फिर्ता पाइने छ ।

यो प्याकेजमा टिकट काटेपछि ३ वटा कुपन पाइने छ । नाम भएको उक्त ३ कुपन लिएर अन्य व्यक्ति पार्क आएर टिकट काटेमा नाम भएको व्यक्तिले आफूले तिरेको पुरै पैसा फिर्ता पाउने छ ।

सेछले चौथो स्थापना दिवसको अवसरमा कात्तिक २४ गते शनिवार 'सबैका लागि जीपलाईन' कार्यक्रमको आयोजना गरेको छ । उक्त दिन पार्कमा आउने सबै आगन्तुकहरूहरुले जिप लाइन १०० रुपैयाँमा खेल्न पाउने छन् ।

बिहान १० बजे देखी ४ बजे सम्म सञ्चालन हुने जिपलाइन कार्यक्रममा सहभागी हुन सेछ एडभेञ्चरले पर्यटन प्रेमी सबैलाई निमन्त्रणा गरेको छ ।

धरानलाई पूर्वको पर्यटनको हब बनाउन ‘सेछ’ले विगत १३ वर्ष देखी विविध पर्यटकीय गतिविधिहरू गर्दै आएको छ । पर्यटन बजारमा सेछलाई स्थापित गराउन ठुलो लगानी सहित मेहनत र नयाँ साहसिक खेलहरू पार्क स्थलमा स्थापना गरेको हो ।

निर्देशकद्वय बासुदेव बराल र एलिना मगरद्वारा जारी विज्ञप्तिमा सेछले पर्यटकहरूको सुविधाका लागि धरान-१५ स्विमिङ पुल लाइनमा होटल सेछ, सेछ ट्राभलिङ सञ्चालन गर्दै आएको जनाएको छ ।

सेछ एडभेञ्चर पार्कले सेछ हस्पिटालिटीका नाममा एकीकृत प्रवर्धन र बजारीकरण गरिरहेको र सेछको पर्यटन कार्यक्रम पछिल्ला समयमा आएर पूर्वको पर्यटनमा एक ब्राण्ड बन्दै गइरहेको दाबी गरेको छ ।

sechha-park-PR