विराटनगर : मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको विराटनगर-११ मा कात्तिक १६ गते राती जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर-११ का ६१ राजन कँडेल, ५७ वर्षीय पशुपति भगत, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर-१२का ४१ वर्षीय टुनटुन शर्मालाई पक्राउ गरेको हो ।
यस्तै सोही वडाका ४७ वर्षीय सुरेन्द्र ठाकुर, ५० वर्षीय बाबुराम कट्टेल, ४६ वर्षीय लीला सहनी, विराटनगर-३ का ५५ वर्षीय ध्रुव सिग्देल र विराटनगर-५ का ५५ वर्षीय मनिराज प्रसाईँलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुक तास बरामद गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले इनरुवा-६ मधेशामा सञ्चालनमा नभएको जुत्ता फ्याक्ट्रीमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इनरुवा-६ का ६२ वर्षीय तीर्थराज अधिकारी,५८ वर्षीय अगरु चौधरी, ३१ वर्षीय ईन्देश सरदार, १९ वर्षीय गौरब कोइराला, ४३ वर्षीय बाल कृष्ण कोइराला, ५२ वर्षीय दिनेश पोखरेल, ४० वर्षीय अमित कार्की, ४२ वर्षीय सुमन विश्वकर्मा छन् ।
यस्तै सोही वडाका २८ वर्षीय जीवन तामाङ, ६२ वर्षीय गोपाल बहादुर चौहान, ४२ वर्षीय राजीव दुलाल, ५० वर्षीय श्रवण कुमार तामाङ, १८ वर्षीय युजिन कोइराला, ७९ वर्षीय उग्र नारायण चौधरी पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा इटहरी-१३ का ३९ वर्षीय नेमलाल र इटहरी-१२ का ४३ वर्षीय भरत कटवाल पनि छन् ।
जुवाको खालबाट प्रहरीले नगद ५ लाख ६७ हजार ९३० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।