धरान : नेवाः सांस्कृतिक उत्थान मञ्चले धिमे बाजा, बाँसुरी तथा वाद्यवादन,पौराणिक नृत्य तथा मौलिक जातीय लोक सांस्कृतिक सँगालो कार्यक्रम गर्ने भएको छ ।
आउने शनिवार सिद्धि नेवा: परिषद् भवनमा हुने कार्यक्रममा मुकुट नृत्य, माता पञ्चकुमारी नृत्यमा  ब्रम्हायणी, वैष्णवी, महेश्वरी, कौमारी, वाराही, अहिल्या, कुन्ती, मन्दोदरी, तारा, द्रौपदीको स्वरूपमा नृत्य प्रदर्शन गरिने छ ।
मञ्चले मङ्गलवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । मञ्चकी अध्यक्ष ममता टमोटले  जातीय लोक नृत्य, संस्कार, संस्कृतिको विकास, नेवारी पौराणिक चर्या नृत्यको संरक्षणकाका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताइन् ।
उद्घाटन कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले गर्ने छन् । मूल संयोजक नरेश शाक्यले कार्यक्रमको प्रायोजक धरान उपमहानगरपालिका र नेवा: देय दबू, धरान नगर समिति रहेको
बताए ।