इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले तिहारको समयमा जुवा तास खेलिरहेका ३१ जनालाई पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका र वराहक्षेत्र नगरपालिकाबाट पक्राउ परेका दुवै समूहलाई प्रहरीले ८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको हो । पक्राउ पर्ने दुवै समूहबाट १२ लाख ५१ हजार ९६५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
कार्तिक १६ गते इनरुवा-६ मधेशाबाट २ लाख ८३ हजार ९६५ नगद सहित प्रहरीले जुवाडे समूहलाई थियो । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका भरत कटवाल र नेमलाल, इनरुवा नगरपालिकाका उग्र नारायण चौधरी, तीर्थराज अधिकारी, झगरु चौधरी, ईन्देश सरदार, गौरव कोइराला, बालकृष्ण कोइराला, दिनेश पोखरेल, अमित कार्की, सुमन विश्वकर्मा, जीवन तामाङ, गोपाल बहादुर चौहान, राजीव दुलाल, श्रवण कुमार तामाङ, युजिन कोइराला सहित १६ जना छन् ।
कार्तिक १८ गते बिहान सुनसरीको वराहक्षेत्र नगरपालिका ३ नडाहामा जीवन कार्कीको घरबाट जुवा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । 
पक्राउ पर्नेमा ललितपुर सातदोबाटो बस्ने नवराज राई, इटहरीका प्रदीप तामाङ, वराहक्षेत्रका नारायण कार्की, दिनराज राई, मान बहादुर कार्की, उत्तम मगर, विदुर कार्की, खड्ग बहादुर विष्ट, रेवत थापा, खगेन्द्र कार्की र दीपेन्द्र कार्की छन् । त्यस्तै भोजपुरका ज्ञान बहादुर राई, दुर्गाराज राई, जीवन कार्की र रामधुनि नगरपालिकाका शङ्कर लुइँटेल रहेका छन् । 
उनीहरूको साथबाट गोजीमा रहेको १ लाख १ हजार ५०० र खालबाट ८ लाख ६६ हजार ५०० सहित ९ लाख ६८ हजार नगद सहित खेली रहेको अवस्थाको तास ५२ पत्तिको २ बुङ, नखोलिएको सिल प्याक ५२ पत्तिवाला २० बुङ, १२ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
juwa inaruwa