काठमाडौं : ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा अदालतबाट रिहा भएका छन् । अदालतको आदेशसँगै पूर्व राष्ट्रपति लुइज इनासियो रिहा भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत वर्ष इन्जिनियरहरुसँग घुस लिएको आरोपमा राष्ट्रपति लुइज इनासियोलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । एक अपराधिको पहिलो अपिल हराएपछि सर्वोच्च अदालतले दोषीलाई कैद आवश्यक पर्ने कानुन संसोधन गरेलगत्तै राष्ट्रपति लुइज इनासियोलाई रिहा गरिएको हो । अदालतको उक्त फैसलाले अन्य जघन्य अपराधमा जेल सजाय भोगिरहेकाहरुलाई फाइदा पुग्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

अदालतबाट रिहा भएलगत्तै लुइज इनासियोले आफूमाथि लागेको आरोप गलत सावित गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनको रिहा लगत्तै भएर्को यालीमा हजारौं समर्थक सहभागी भएको समाचारमा जनाइएको छ ।