धरान : इरानले इजरायलमा आक्रमण गरेको घट्नाले उत्पन्न स्थितिप्रति चिन्ता प्रकट भइरहेको बेला हमला सँगै कब्जामा लिएको इजरायली मालवाहक जहाजका यात्रीहरूको चिन्ता बढेको छ ।

इरानले सिरिया स्थित उसको वाणिज्य दूतावासमा हमला गरेको बदलामा गत: शनिवार इजरायल मार्थी सैयौं ड्रोनबाट मिसाइल आक्रमण गरेको थियो । त्यस अघि १३ अप्रिलमा इरानले एमएसजी एरिज मालवाहक जहाज इरानी जल सेनाले कब्जामा लिएको बीबीसीको एक समाचारमा जनाइएको छ ।

व्यापारिक सामान सहित भारत आउन लागेको उक्त एमएसी मेडिटेरियन शिपिङ कम्पनीको जहाज इजरायली अरबपति इयाल ओफेरको कम्पनी जाँडिएक मैरिटाइमले लिजमा सञ्चालन गर्दै आएको छ ।

इरानले कब्जामा लिएको पानी जहाजको २५ सदस्यीय चालक दलमा १७ जना भारतीय नागरिक छन् । कब्जामा लिएपछि इरानी जल सेनाले जहाजमा व्यापक खानतलासी लिँदै जहाजमा रहेका चालक दल सहित यात्रीहरूका मोबाइल, ल्यापटप खोसिएको थियो ।

भारत सरकारले जहाजमा रहेका भारतीय नागरिकहरूलाई सुरक्षित फिर्ता दिन इरान सरकारसँग माग गरेको छ । बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयको अपिललाई स्वीकार गर्दै जहाजका यात्रीहरूलाई सोमवार १ घण्टा आफ्ना परिवारजनसँग मोबाइलमा कुराकानी गर्न इजाजत दिइएको थियो ।

इजरायल सँग विद्यमान तनावका बिच इरानले इजरायली व्यवसायीले सञ्चालन गरेको उक्त जहाज कब्जा गरेको हो । हिजो बुधवार शिपिङ कम्पनी एमएससीले एक वक्तव्य जारी गर्दै इरानी अधिकारीहरुसंग वार्ताको लागि निरन्तर सम्पर्कमा रहेको जनाएको छ । कम्पनीले जहाजमा रहेका व्यापारिक समान समेत छुटाउन प्रयास गरिरहेको जनाएको छ ।