धरान : हिन्दी सिनेमाका सुपरस्टार अभिनेता सलमान खानको मुम्बई बान्द्रा स्थित घर बाहिर दुई अज्ञान व्यक्तिले आइतबार गोली प्रहार गरेको छ । 

मुम्बई प्रहरीका अनुसार बान्द्रा स्थित अभिनेता सलमान खानको घर बाहिर आइतबार बिहान ५ बजेको समयमा फायरिङ गरेको बीबीसीको समाचारमा जनाइएको छ ।

घटना लगत्तै मुम्बई प्रहरीको क्राइम ब्रान्चको टिम घटनास्थल पुगेको प्रहरीले जनाएको छ । एएनआई समाचार एजेन्सीका अनुसार मुम्बई प्रहरीलाई ३ राउण्ड फाइरिङ भएको सूचना दिइएको थियो ।

भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले उक्त घटना लगत्तै अभिनेता सलमान र उनका परिवारको सुरक्षा बढाइएको बताएका छन् ।

पत्रकारहरू संंगको कुराकानीमा मुख्यमन्त्री सिन्देले भनेका छन् ‘सलमान खानको घर बाहिर भएको फाइरिङ दुर्भाग्यपूर्ण घटना हो, पुलिसले त्यसको जाँच गरिरहेको छ, कानुन हातमा लिनेहरूलाई माफी दिइने छैन ।’