नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीको एक अनाज मण्डीमा आइतबार बिहान भएको आगलागीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्यदिल्लीको झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एक उद्योगमा आगो लाग्दा भित्र रहेका मानिसहरूको निसास्सिएर मृत्यु भएको हो। ३० वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा आए पनि अझै केही मानिसहरू भित्र फसिरहेका छन्। ५० जनालाई बाहिर निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पताल उपचार भइरहेको छ।

आगलागी भएको क्षेत्रका गल्ली साँघुरा भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन् । एक प्रत्यक्षदर्शीले खाद्य उद्योगमा काम गरेर मानिसहरू सुतिरहेका बेला आग लागि भएका थियो। धुँवाले सास फेर्न अप्ठेरो भएपछि मात्र उनीहरूले आगो लागेको थाहा पाएका थिए। उनीहरूले झ्यालमा गएर गुहार मागेका थिए। दिल्लीबाहिर बाट आएर काम गर्ने मजदुरहरू आगलागीमा परेको बताइएको छ।