ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स शव नचिनिएपछि वीपी प्रतिष्ठानमा तनाव शीर्षकको समाचार छापिएको छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको शव कर्मचारीले अन्यत्र सारी शव नै पहिचान गर्न नसकिने अवस्थामा पुगेपछि शनिबार प्रतिष्ठानमा तनाव भएको छ । धरान १७ रत्नचौकका कुलबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएपछि फागुन ८ गते प्रतिष्ठानको शवगृहमा राखिएको थियो तर त्यहाँका कर्मचारीले बिना जानकारी शव अन्यत्र सारेका थिए । शव नचिनिने अवस्थामा पुगेकोले पैसा तिरेर राखिएको शव बिना जानकारी सारिएको भन्दै मृतकका आफन्त आक्रोशित बनेपछ शनिबार बिहान वीपी प्रतिष्ठान परिसर तनाव ग्रस्त बन्यो । बेलायतमा भएका आफन्तलाई पर्खन प्रतिष्ठानको शवगृहमा शव राखिएको थियो । शनिबार बिहान सदगतका लागि शव लिन जाँदा शव बेवारिसे अवस्थामा भेटिएपछि मृतकका आफन्त मलामीहरु आक्रोशित भएका थिए । २ नं. च्याम्बरमा राखिएको शव त्यहाँ कार्यरत कर्मचारीले अन्यत्र सारेका कारण शव पहिचान नै गर्न नसक्ने गरी सडिएको अवस्थामा पुगेको थियो । शव के कति कारणले सारिएको भन्ने विषयमा प्रतिष्ठान प्रशासनसँग जवाफ मागिए पनि प्रशासनको तर्फबाट जिम्मेवार व्यक्ति कोही उपस्थित नभएपछि मृतकका आफन्तहरुले शवगृहको झ्यालको सिसा तोडफोड गरेका छन् ।

b

आजकै ब्लाष्टमा प्रधानाध्यापकले छात्राको संवेदनशील अंगमा छोएपछि...शिर्षकमा समाचार छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडास्थित सिद्धदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सोही विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक मोहन प्रसाद दुलालले आफ्नो संवेदनशील अंगमा हाल लगाएको आरोप लगाएकी छन् । आरोपित प्रधानाध्यापक दुलाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापकबाटै छोरीमाथि यौन दुव्र्यवहार भएको भन्दै पीडित छात्राकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा दुलाललाई पक्राउ गरिएको पाँचथर प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा दुहबीका उद्योगहरुमा श्रम शोषण भएको गुनासो शीर्षकको समाचार छापिएको छ । श्रम ऐनले न्युनतम पारिश्रमीकको व्यवस्था गरे पनि सुनसरीको दुहबीमा रहेको अधिकांश उद्योगहरुले तोकिएको पारिक्षमिक नदिएको मजदुरहरुले गुनासो गरेका छन् । नयाँ श्रम ऐनले मजदुरहरुको न्युनतम पारिश्रमिक ८ घण्टा बराबर काम गरे ५ सय १७ नघटाई दिने भने बाध्यकारी श्रम कानुनमा उल्लेख गरेपनि दुहबी क्षेत्रका उद्योगीहरुले श्रम कानुन बाहिर गएर आफ्नै नियमनुसार ज्याला दिने गरेको पाइएको हो । नेपाल सरकारले मजदुरहरुले पाउने ज्याला ५ सय १७ निर्धारण गरेपनि २ सय ५० देखि ३ सय सम्ममात्र दिएर मजदुरलाई काममा लगाउने गरेको अखिल नेपाल उद्योग मजदुर संघका अध्यक्ष प्रेम उरावले बताए । सुनसरीको दुहवी नगरपालिका भित्र संचालनमा रहेको अधिकांश उद्योगहरु म्जदुरको श्रम शोषण गरेको उनले बताए ।