धरान : बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परिक्षणका लागि काठमाण्डौ पठाईएको सबै नमुनाको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

आईतबार सम्ममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेक्समा आफ्नो स्वास्थ्य परिक्षणमा आएकाहरुको संख्या ९८ पुगेको छ । जस मध्ये आशंका गरी आईसोलेसनमा भर्ना भएका १९ जनाको थ्रोट स्वाब परिक्षणका लागि काठमाण्डौ पठाईएका १९ जनाकै नमुनाको कोरोना नेगेटिभ रिपोर्ट आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

अहिले प्रतिष्ठानको आईसोलेसनमा भर्ना भएका १० जना मध्ये ६ जना डिस्चार्ज भएका छन भने अहिले आईसोलेसन वार्डमा ४ जना रहेका छन् । प्रतिष्ठानको हेल्प डेक्समा आएका मध्ये ९ जना सरकारी क्वारेनटाईनमा र बाकी ७९ जनालाई सेल्फ होम क्वारेन्टाईनमा पठाईएको छ ।