चतरा : वराहक्षेत्र १ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल वराहक्षेत्र मन्दिरको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको वराहक्षेत्र संरक्षण मञ्चको अध्यक्षमा पुनः भक्तबहादुर श्रेष्ठ चयन भएका छन् ।
शनिवार सम्पन्न मञ्चको साधारण सभाले श्रेष्ठकै नेतृत्वमा पुरानै कार्य समितिलाई चयन गरेको छ। मञ्चका संस्थापक अध्यक्ष कुमार श्रेष्ठका अनुसार मञ्चको उपाध्यक्षमा उमा श्रेष्ठ, सचिवमा राजु घिमिरे, सहसचिव केभी राई र कोषाध्यक्ष सुमन भण्डारी चयन भएका छन् । ११ सदस्यको कार्यसमिति रहेको मञ्चको सदस्यमा तिलक परियार, दुर्गा परियार, आशा कार्की, प्रवीण श्रेष्ठ  गणेश श्रेष्ठ र पुष्पकुमार राई चयन भएका छन् । संस्थापक अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको कार्यक्रम सञ्चालन रबीकुमार राईले गरेका थिए ।
२०६४ सालमा स्थापना भएको मञ्चले मन्दिर परिसरमा भौतिक संरचनाको निर्माण, मेला पर्वको आयोजना, रङ्ग रोगन, सरसफाइ लगाएका कामहरू गर्दै आइरहेको छ । कुमार श्रेष्ठ संस्थापक अध्यक्ष रहेको मञ्चको दोस्रो कार्यकालको अध्यक्ष नरबहादुर राईले जिम्मेवारी पाएका थिए ।
Baraha-Mandir-barahakshetra